बूढानिलकण्ठमा नेपाल इन्भेष्टमेण्ट बैंकको एक्टेन्सन काउण्टर बिस्तार
काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले काठमाण्डौंको बूढानिलकण्ठ नगरपालिकामा १४औं एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । बूढानिलकण्ठ नगरपालिका वडा नं. ५ स्थित बूढानिलकण्ठ स्कूल नजिकै खोलिएको काउन्टरले विद्यार्थी एवम् शिक्षक लगायत स्थानीय जनतालाई वित्तीय सुविधा प्रदान गर्ने जनाइएको छ । काउन्टरको उद्घाटन समारोहमा बंैकका कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे, बूढानिलकण्ठ स्कूलका प्राध्यापक होमनाथ आचार्य, सो वडाका सदस्य लगायत बैंकका कर्मचारी तथा स्थानीयहरुको सहभागिता रहेको थियो । साथै, नेपालइन्भेष्टमेण्ट बैंक लि.ले खाँदबारी स्थित शाखालाई सोही ठाउँको खाँदबारी-१, प्रगतिटोल, संखुवासभामा स्थान्तरण गरेको छ । हाल बैंकले काठमाण्डौं उपत्यकाभित्र २४ तथा उपत्यका बाहिर ५६ वटा शाखा संचालनमा ल्याएको छ । बैंकले सात वटै प्रदेशका विभिन्न स्थानमा खोलिएका शाखा, एक सय ११२ वटा एटिएम तथा १४ वटा एक्सटेन्सन काउन्टर, १० वटा राजश्व संकलन केन्द्र, ५१ वटा शाखारहित बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
जनता बैंकका ग्राहकलाई ह्याम्स अस्पतालमा बिशेष छुट
काठमाडौँ । जनता बैंक नेपाल लिमिटेड र ह्याम्स अस्पताल, धुम्बाराहीबीच स्वास्थ्य उपचार सेवामा छुट सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा ह्याम्स अस्पतालका अध्यक्ष आरएस भण्डारी र बैंकको टा«न्जेक्सन बैंकिङ्ग प्रमुख पुकार सुबेदीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार जनता बैंकका ग्राहक तथा कर्मचारी र तिनका आश्रितहरुले उक्त अस्पतालबाट बिशेष छुट प्राप्त गर्न सक्ने छन् । उक्त सुविधा प्राप्तिका लागि अस्पतालको विल भुक्तानीको क्रममा ग्राहकले बैंकको एटिएम कार्ड अथवा ग्राहक खुल्ने कुनै कागजात पेश गरी छुट सुविधा लिन सक्ने बैंकले जनाएको छ ।
यूनाईटेड फाइनान्सको २१ लाख साधारण सेयर सूचिकृत
काठमाडौं । यूनाईटेड फाइनान्स लिमिटेडको २१ लाख कित्ता साधारण सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । संस्थाको सोमबार मात्रै सो मात्राको सेयर नेप्सेमा थपिएको हो । यस अघि संस्थाको ८० लाख कित्ता सेयर नेप्सेमा सूचिकृत रहेको थियो । केन्द्रिय कार्यालय दरबारमार्गमा रहेको यस संस्थाको बजार पुँजीकरण एक अर्ब ४६ करोड रुपैयाँ रहेको छ ।