साना किसान लघुवित्तको स्वतन्त्र सञ्चालकमा उपहारराज घिमिरे नियुक्त

काठमाडौँ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा उपहारराज घिमिरे नियुक्त भएका छन् । संस्थाको सोमबार बसेको बैठकले घिमिरेलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव झलेन्द्र भट्टराईले जनाएका छन् ।

युनिभर्सल पावर कम्पनीमा ७ जना सञ्चालक नियुक्त(नामावली सहित)

काठमाडौँ । युनिभर्सल पावर कम्पनी लिमिटेडको जेठ २० गते सम्पन्न साधारण सभाले ७ जना सञ्चालक निर्वाचित गरेको छ । सञ्चालक समितिमा संस्थापक सेयरधनीका तर्फबाट ४ जना र सर्वसाधारण सेयरधनीका तर्फबाट १ महिना सहित ३ जना गरी ७ जना सञ्चालक समितिमा निर्वाचित भएको कम्पनी सचिव देववहादुर श्रेष्ठले जनाएका छन् । कम्पनी सचिव श्रेष्ठका अनुसार संस्थापक सेयरधनीका तर्फबाट विनयकुमार भण्डारी, उत्तम भ्लोन लामा, निरबहादुर बुढाथोकी र गोकर्ण पराजुली सञ्चालक समिति सदस्यमा चयन भएका छन् । त्यसैगरी सर्वसाधारण सेयरधनीको तर्फधबाट लक्ष्मी पौडेल, प्रभु्लाल अधिकारी र भोजबहादुर खड्का सञ्चालक समितिको सदस्यमा चयन भएका हुन् ।

सिद्धार्थ बैंकबाट सानिमा लाइफको बीमा सेवा पाइने

काठमाडौँ । सानिमा लाईफ इन्स्योरेन्स लि. र सिद्धार्थ बैंक लि.बीच जीवन बीमा सेवा सम्वन्धी सम्झौता भएको छ । सोमबार कम्पनीका तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सिना तथा बैंकका तर्फबाट सहायक महाप्रबन्धक अर्जुनभद्र खनालले सो सम्झौतामा हस्ताक्षर गरेका हुन् । उक्त कार्यक्रममा कम्पनीका तर्फबाट नायब महाप्रबन्धक केशवराज केसी तथा वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ समेतको उपस्थिति रहेको थियो । सम्झौता अनुसार ग्राहकहरुले बैंकका सम्पूर्ण १५५ शाखाहरु बाट सानिमा लाईफ इन्स्योरेन्सको जीवन वीमा सेवा उपभोग गर्न सक्ने छन् ।