एशियन लाइफले हकप्रद सेयर बेच्न टेण्डर खोल्यो, कहिले भर्ने ?

काठमाडौँ । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर बिक्रीका लागि शिलबन्दी बोलपत्र(टेण्डर) आह्वान गरेको छ । कम्पनीले २०७५ चैत २५ गतेदेखि २०७६ बैशाख २९ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो । तर, माग बमोजिम आवेदन नपरेपछि उक्त परिमाणको हकप्रद सेयर टेण्डर गरी बिक्री गर्न लागेको हो । असार १ गतेदेखि असार ८ गतेसम्म शिलबन्दी बोलपत्र(टेण्डर) पेश गर्न सकिने बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेडले जनाएको छ । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ को निर्देशन नम्बर १५ को प्रावधानलाई आधार मानी सेयरहरु बोलकबोल बढाबढ गरी बिक्री गर्न लागिको कम्पनीले जनाएको छ । उक्त सेयरहरु खरिद गर्न इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघसंस्थाहरुले प्रति कित्ता के कति दर रेटमा लिन कबुल गर्ने हो, गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार संस्थापक समूहतर्फको २४२०.७० कित्ता र सर्वसाधारण समूहतर्फको २१८९३९.०३ कित्ता गरी २२१३५९.७३ कित्ता सेयर बोलपत्रद्वारा बिक्री गर्न लागिएको हो । बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेडका अनुसार एनआबीएल एस क्यापिटलका शाखाहरु, नेपाल इएन्भेष्टमेन्ट बैंक लिमिटेडका शाखा कार्यालयहरु नारायणगढ, हेटौँडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर, दाङ, सुर्खेत, नेपालगञ्ज र धनगढी तथा ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड बाग्लुङबाट बोलपत्र आवेदन फारम लिन र बुझाउन सकिने छ ।

सनराइज बैंक लिमिटेडले मुलपानीमा खोल्यो नयाँ शाखा

काठमाडौँ । सनराइज बैंकले काठमाडौं स्थित मुलपानीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बुधबार आयोजित औपचारिक कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा र सनराइज बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले संयुक्त रुपमा उद्घाटन गरे । सो कार्यक्रममा सनराइज बैंकका नायव महाप्रबन्धक अपछकुमार यादव लगायत बैंकका पदाधिकारीहरmको उपस्थिति रहेको थियो । यो समेत गरी शाखा संख्या १०७ वटा पुगेको बैंकले जनाएको छ ।

ठमेलमा कामना सेवाको ८७ औं शाखा बिस्तार

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवाविस्तारको क्रममा ठमेलमा विहीबार ८७औं शाखा कार्यालय बिस्तार गरेको छ । बैंकका अध्यक्ष सुदीप आचार्य तथा प्रमुखकार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शाखा कार्यालय उद्घाटन तथा कारोबार शुभारम्भ गरेका हुन् । उक्त कार्यक्रममा बैंकका संस्थापक कृष्ण आचार्य तथा संचालक चतुराखर अधिकारीले बैंकले द्रुतगतिमा शाखा तथा कारोबार विस्तार गरेको बताए । त्यसैगरी प्रमुख कार्यकारी अधिकृत बस्नेतले बैंकको हाल सम्मको संक्षिप्त जानकारी दिँदै भावी योजनाहरुको बारेमा प्रकाश पारेका थिए ।