इमाडोलमा श्री इन्भेष्टमेन्टको १२ औँ शाखा बिस्तार

काठमाडौँ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कं. लिमिटेडले ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नम्वर ४ इमाडोलमा बाह्रौं शाखा सञ्चालनमा ल्याएको छ । देशभरीका विभिन्न १२ स्थानबाट बैकिङ्ग सुविधा प्रदान गरिरहेको कम्पनीले काठमाडौंमा १ स्थानबाट बैकिङ्ग सुविधा दिने तयारी भइरहेको जनाएको छ । हाल कम्पनीको चुक्तापूँजी रु. ८१ करोड, निक्षेप ४ अर्व ३५ करोड तथा कर्जा लगानी करिव ४ अर्ब रहेको कम्पनीले जनाएको छ ।

भरतपुर मिलनचोकमा गरिमाको शाखा बिस्तार

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले आईतबार भरतपुर नगरपालिका वार्ड नं. २६ मिलनचोकमा शाखा शाखा कार्यालय सञ्चालन गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन भरतपुर महानगरपालिका वार्ड नं. २६ का वडाध्यक्ष ज्ञानप्रसाद खनाल र विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले संयुक्त रुपमा गरेका हुन् । कार्यक्रममा बोल्दै विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले देशको मुख्य व्यापारिक केन्द्रको रुपमा विकसित हुँदै गईरहेको चितवनमा बैंकको उपस्थिति राम्रो रहेको र ग्राहकहरुबाट समेत सकारात्मक सहयोग प्राप्त भएको कारणबाट यस क्षेत्रमा थप शाखाहरु खोल्न उत्प्रेरित भैरहेको बताए । त्यसैगरी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले विकास बैंक ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्न प्रतिबद्ध रहेकोे जानकारी दिए ।

कामना सेवा विकास बैंकले एकैदिन बिस्तार गर्यो २ शाखा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले एकै दिन दुई शाखा सञ्चालन गरेको छ । प्रदेश नं. १ को मोरङ जिल्लाको धरान रोड, विराटनगर र सुन्सरी जिल्लाको इटहरी चोक, इटहरीमा आफ्नो ८५औं र ८६औ शाखा कार्यालय स्थापना गरेको हो । उक्त कार्यक्रम बैंकका अध्यक्ष सुदिप आचार्य तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतको उपस्थितिमा उद्घाटन भएको छ । यसैगरी, बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिएको छ ।