रिलायबल नेपाल लाइफ इन्स्योरेन्स एनसीएचएलसँग आवद्ध, बीमा शूल्क अनलाइनबाटै तिर्न सकिने

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स नेपाल क्लियरिङ्ग हाउस(एनसीएचएल)सँग आवद्ध भएको छ । इन्स्योरेन्सले आफ्नो भुक्तानी सम्बन्धी कारोवारहरुलाई एनसीएचएलको भुक्तानी प्रणाली प्रयोग गरि डिजिटल माध्यमबाट भुक्तानी गर्न उक्त संस्थासँग सम्झौता गरी आवद्ध भएको हो । उक्त सम्झौता पत्रमा इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत(सीईओ) नारायण बाबु लोहनी र एनसीएचएलका तर्फबाट संस्थाका सीईओ नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । यससँगै रिलायबल नेपाल लाईफ इन्स्योरेन्स यस क्लियरिङ हाउसको सदस्यका रुपमा जोडिने पहिलो लाइफ इन्स्योरेन्स कम्पनी बनेको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएल-आईपीएस र कनेक्ट आईपीएस ईपेमेन्ट प्रणालीसँग आबद्ध भएपछि एजेन्ट कमिसन, तलब, भुक्तानी दिनुपर्ने बीलहरु, भुक्तानी लिनुपर्ने रकमहरु र लगानी सम्बन्धी कारोबारहरु यस संस्थासँग आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछ । यो प्रणालीमा आबद्ध भए लगत्तै रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका बीमितहरुले आफ्नो(प्रिमियम)बीमा शूल्क पनि अनलाइनमार्फत सजिलै तिर्न सक्नेछन् । यी सबै कारोबारहरु सोझै इन्स्योरेन्स कम्पनी तथा लाभ ग्राहिहरुका बैंक खाताहरुबाट हुनेछन् ।

सांग्रिलाले ल्यायो नयाँ ३ बचत खाता, १६ लाखसम्मको बीमा हुने

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नयाँ बचत खाता ‘बचतपनि बीमापनि” संचालनमा ल्याएको छ । जीवन सुरक्षा(सरल), जीवन सुरक्षा(रजत) तथा जीवन सुरक्षा (स्वर्णिम) गरी थप ३ वटा नयाँ बचत खाताहरु सञ्चालनमा ल्याएको हो । ती खाताहरु खोल्ने ग्राहकलाई जम्मा रु. १६ लाख सम्मको बीमाको व्यवस्था गरिएको बैंकले जनाएको छ । खाताको प्रकृति हेरी दुर्घटना बीमा, औषधि उपचार बीमा तथा घातक रोगको उपचार बीमा सम्बन्धी सुविधाहरु रहेका छन् । खाता खोल्दा ग्राहकहरुले मासिक ७ प्रतिशत ब्याज प्राप्त गर्न सक्नेछन् भने न्यूनतम मौज्दात रु.५०००/–, रु.१५०००/– तथा रु.२५०००/– रहेका छन् । यो खाता खोल्ने ग्राहकहरुले लकर सुविधामा विषेश छुट, निःशुल्क एबीबीएस तथा एटिएम भिसा कार्ड, मोबाईल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्गमा १ वर्षको लागि निःशुल्क सुविधा प्राप्त गर्न सक्ने छन् ।

स्वेडा लघुवित्तको विशेष साधारण सभा असार ३ गते, के-के छन् प्रस्ताव ?

काठमाडौँ । स्वेडा लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रथम विशेष साधारण सभा असार ३ गते हुने भएको छ । संस्थाको केन्द्रीय कार्यालय धादिङ धुनिवेशी नगरपालिका ६ धार्केमा अपरान्ह १ बजे साधारण सभा हुने जनाएको छ । साधारण सभामा एक वा एक भन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्थाहरुसँग एक आपसमा मर्जर वा प्राप्ती गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थाको पूँजी बृद्धि गर्ने र सोही अनुसारको अनुपात कायम गर्ने प्रस्ताव सञ्चालक समितिले पेश गर्ने बताइएको छ । साथै हकप्रद बापतको सेयर खरिद गर्ने हक अरुपलाई बिक्री वा हक हस्तान्तरण बारेपनि छलफल हुने जनाइएको छ ।