एनबीआईको सीईओमा लम्साल नियुक्त, बैंकिङ क्षेत्रमा दुई दशक भन्दा लामो अनुभव
काठमाडौं । नेशनल बैंकिङ्ग ईन्ष्टिच्यूट(एनबीआई) लिमिटेडको प्रमूख कार्यकारी अधिकृतमा कुमार लम्साल नियुक्त भएका छन् । इन्टिच्यूटको सञ्चालक समितिले मंसिर ३० गतेदेखि लागु हुने गरी लम्साललाई एनबीआईको सीईओको पदमा नियुक्त गरेको हो । नवनियुक्त सीईओ लम्साल बैंकिङ्ग क्षेत्रका चीरपरिचित व्यक्तित्व हुन् । उनले यसअघि सानिमा बैंक, प्रभु बैंक, जनता बैंक नेपाल लि. लगायतका बैंकको प्रमूख कार्यकारी अधिकृतको रुपमा कार्य गरी दुई दशक भन्दा लामो बैंकिङ्ग अनुभव प्राप्त गरेका छन् । पछिल्लो समय जनता बैंक नेपालको सीईओ कार्यकाल पश्चात उनले बैंकिङ्ग क्षेत्रमा विशेषगरी क्रेडिट विषयको प्रशिक्षकको रुपमा योगदान पुर्याउँदै आएका थिए । नवनियुक्त सीईओको नियुक्तीसँगै ईन्स्टिच्यूटले बैंकिङ्ग जगतको मानव संशाधनको क्षमता विकासमा टेवा पुर्याउने किसिमका बस्तु तथा सेवाको विविधीकरण मार्फत अझ बढी योगदान पुर्याउन सफल हुने अपेक्षा गरीएको छ ।
राष्ट्र बैंकले आज १० अर्ब २३ करोडको ट्रेजरी बिल निष्कासन गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब २३ करोड रुपैयाँ ट्रेजरी बिल बिक्री गर्ने भएको छ । मंसिर १६ गते ३ अर्ब १३ करोड रुपैयाँ बराबरको बिल बिक्री गरेको बैंकले आज मंसिर ३० गते फेरि उक्त मूल्य बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । राष्ट्र बैंकले आज निष्कासन गर्ने ट्रेजरी बिलमध्ये आठ अर्ब २३ करोड चैत ४ गते र वाँकी दुई अर्ब २०७७ मंसिर ३० गते परिपक्क हुनेछ । ट्रेजरी बिल अनलाइन बोलकबोलका आधारमा यही मंसिर ३० गते सोमवार दिउँसो २ बजे विक्री गरिने छ भने बिलको निष्कासन पुस १ गते मंगलवार हुनेछ । यस अघि राष्ट्र बैंकले मंसिर २३ गते २ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल निष्कासन गरेको थियो । राष्ट्र बैंकको ऋण व्यवस्थापन विभागले सरकारका लागि आन्तरिक ऋण जुटाउनका निम्ति यसपटक ९१ दिनकोे ट्रेजरी बिल विक्री गर्न लागेकोे हो ।
नेशनल माइक्रोफाइनान्सको ८० प्रतिशत लाभांश र ५० प्रतिशत हकप्रद पारित
काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको प्रस्तावित ८० प्रतिशत लाभांश पारित भएको छ । आइतबार सम्पन्न संस्थाको छैठौं वार्षिक साधारणसभाले ७५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद गरी सो मात्राको लाभांश पारित गरेको हो । सभाले पारित गरेसँगै शेयरधनीले गत आर्थिक वर्षको नाफाबाट सो मात्राको लाभांश पाउने भएका छन् । साथै सभाले बोनस शेयर जारी पश्चात कायम हुन आउने जारी चुक्ता पुँजीको ५० प्रतिशतअर्थात २ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि पारित गरेको छ । संस्थाले हाल ४३ वटा जिल्लामा ६५ वटा शाखाकार्यालय मार्फत ८२ हजार भन्दा बढि विपन्न परिवारलाई सेवा पुरयाईरहेको छ । यस्तै यस अवधीमा संस्थाले ४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने ग्राहक सदस्यहरुबाट कुल बचत १ अर्ब ४४ करोड रुपैयाँ संकलन गर्न सफल भएको संस्थाको प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले बताए । संस्थाले अबको दिनमा विशेष गरि क्रेडिट प्लस एक्टिभिटिजमा फोकस गरि सदस्यहरुको व्यवसायिक विकाश लगायत प्रविधीको उच्चतम प्रयोग गरि अगाडी बढने योजना बनाएको छ । केन्द्रीय कार्यालय धादिङ्गको धादिङ्गवेशीमा रहेको राष्ट्रिय स्तरको यस संस्थाको उक्त साधारणसभा धादिङ्गको धादिङ्गवेशी स्थित धादिङ्ग क्रिक रिसोर्टमा सम्पन्न भएको हो ।