गुहेश्वरी फाइनान्सले ललितपुरमा १७ करोडमा किन्यो जग्गा

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडले ललितपुरमा १६ करोड ८४ लाख ९० हजार रुपैयाँमा जग्गा खरिद गरेको छ ।

कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई दिएको जानकारीअनुसार सञ्चालक समितिको निर्णयबमोजिम ललितपुर महानगरपालिका–३ मा रहेको जग्गा खरिद गरिएको हो ।

कम्पनीले सिट नम्बर ३६, कित्ता नम्बर १४० को लालपुर्जाअनुसार क्षेत्रफल १२ आना जग्गा १६ करोड ८४ लाख ९० हजार रुपैयाँमा खरिद गरेको जनाएको छ ।

कम्पनीका अनुसार उक्त जग्गा संस्थाको स्वःप्रयोजनका लागि खरिद गरिएको हो । जग्गा खरिदसम्बन्धी निर्णय र कारोबारबारे कम्पनीले नेप्सेलाई जानकारी गराएको हो ।

गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको ‘ग’ वर्गको वित्तीय संस्था हो ।

Share News