आरबिबि मर्चेन्ट बैंकिङ्गको चौथो वार्षिक साधारण सभा सम्पन्न, चुक्ता पूँजी २० करोड

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा संचालित सहायक कम्पनी आरबिबि मर्चेन्ट बैंंकिङ्ग लिमिटेडकोे चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभालसंचालक समितिका अध्यक्ष एवं राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन सहित विविध प्रस्तावहरु पारित गरेको छ । साधारण सभामा अध्यक्ष किरण कुमार श्रेष्ठले हाल शहरी क्षेत्रमा मात्र सीमित रहेको मर्चेन्ट बैकिङ्ग सेवालाई मर्चेन्ट बैंकिङ्गको रुपमा विकास गर्ने दीर्घकालिन सोच अनुरुप आफ्नो कार्यक्षेत्र विस्तार गर्दै लैजाने बताएका छन् । साथै, दुरदराजमा रहेका जनताहरुले पनि मर्चेन्ट बैकिङ्ग सेवा लिन सकिने वातावरण बनाउने प्रतिवद्धता गरेका छन् । मर्चेन्ट बैंकिङ्गका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हाल २० करोड चुक्तापूँजी रहेको मर्चेन्ट बैंकिङ्गले इस्यु मेनेजमेन्ट, आरटिएस, पोर्टफोलियो मेनेजमेन्ट, अन्डरराइटिङ्ग, डिपोजेटरी पार्टिसिपेन्ट लगायतको सेवा दिई रहेको बताए । सभामा आरविवि मर्चेन्ट बैंंकिङ्गका संचालकहरु कबिराज अधिकारी, केशबप्रसाद लम्साल, सरस्वती अधिकारी, पवन रेग्मी, बैंकका उपकार्यकारी अधिकृतहरु टेकराज जोशी, महेन्द्रप्रसाल अवस्थी, देबेन्द्ररमण खनाल, सिए एकराज सिग्देल लगायतकोे उपस्थिती रहेको थियो ।

प्रभु बैंकको नयाँ शाखा सर्लाहीको बरहथवामा

काठमाडौं । प्रभु बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा शुक्रबार सर्लाहीको बरहथवामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बरहथवा नगरपालिकाका प्रमुख देवानन्द महतोले गरेका हुन् । उद्घाटन कार्यक्रममा महतोले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको बताए । नयाँ शाखासहित बैंकको शाखा संख्या २०० पुगेको छ । छ । यस बरहथवा शाखा कार्यालयबाट यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरु लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकास हुने बैंकले विश्वास लिएको छ ।

सीईओ पुनः नियुक्ति गर्दा कार्य सम्पादन मूल्यांकन रिपाेर्ट बीमा समितिमा पेस गर्नु पर्ने

काठमाडौं । बीमा कम्पनीमा प्रमुख कार्यकारी अधिकृत(सीईओ)हरूको पुनःनियुक्ति गर्दा कार्य सम्पादन मूल्याङ्कन प्रतिवेदन बीमा समितिमा पेस गर्नु पर्ने व्यवस्था गर्न लागिएकाे छ । केही बीमा कम्पनीले कमजाेर पर्फमेन्स भएकाे सीईओ पुनः नियुक्ति गरेपछि बीमा समितिले यस्ताे व्यवस्था गर्न लागेकाे स्राेतले जानकारी दिएकाे छ । पहिलाे कार्यकालका लागि नियुक्त हुँदा भएकाे कार्यसम्पादन करार सम्भाैता अनुसार काम भएकाे छ छैन, उसले लिएकाे लक्ष्यमा कति प्रतिशत काम भएकाे छ, त्याे हेर्नु पर्ने अवस्था अाएकाे बीमा समितिकाे भनाइ छ ।  बीमा समिति स्राेत भन्छ ‘अघिल्लो कार्यकालमै  आफूले बनाएको बिजनेश प्लानअनुसार काम गर्न नसक्ने सीईओलाई पुनः नियुक्ति दिन भनेकाे कम्पनीलाइ कमजाेर अवस्थामा राखिराख्नु हाे । बजारलाइ यसरी छाेड्दा समस्या देखियाे।’ नयाँ सीईओले भने कम्पनीका प्रवेश गर्नु अघि आफ्ना केही योजनाहरु प्रस्तुत गर्नुपर्ने छ । बीमा समितिले दिएको जानकारी अनुसार हाल (सिईओ) चयनको प्रकृयामा कम्पनीहरु आफैले योग्य व्यक्ति खोज्ने गर्छन् । कम्पनीहरूले नयाँ सीईओ नियुक्ति गर्दा बीमा समितिसँग परामर्श लिएर नियुक्ती गर्छन् र बीमा समितिबाट स्वीकृत गराउनछन् । पुराना सीईओ  पुनः नियुक्ति गर्दा कम्पनीहरूले साेझै निर्णय गरी बीमा समितिमा स्वीकृतिकाे लागि पठाउने गरेका छन् । बीमा समितिले कुनै पनि व्यक्तिलाइ दुइ कार्यकाल मात्र सीईओ बन्न पाउने नियम बनाएर लागू गरेकाे छ ।