अब नेपाल इन्स्योरेन्स कम्पनीकाे काम विद्युतिय माध्यमबाट हुने

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले लक डाउनको समयमा समेत बीमितलाई बीमा सेवा दिने भएको छ । कम्पनीले विद्युतिय माध्यमबाट प्राप्त लिखित अनुरोधको आधारमा बीमालेख नविकरण हुने व्यवस्था गरेको बताएको हो । शुक्ररबार एक सूचना जारी गर्द ैकम्पनीले लक डाउन अविधिभर विद्युतिय माध्यमकाे कामबाट सेवा दिने जनाएकाे हाे । लक डाउन अवधिभर बीमालेख समाप्त हुनु अगावै इन्स्योरेन्स कम्पनीको शाखाको इमेल ठेगानामा बीमितले ईमेल गर्न सक्ने सूचनामा उल्लेख गरिएकाे छ । साथै, कम्पनीले कोरोना भाइरसको नियन्त्रणका लागि सजग रही जिम्मेवार भूमिका निवार्ह गर्न अनुराेध गरेकाे छ । 

लक डाउनमा बीमा सेवा सहज बनाउँदै बीमा संस्थान, बीमितलाई सेवा दिन चार कर्मचारी खटिए

काठमाडौं ।  काेराेना भाइरसकाे जाेखिम कम गर्न सरकारले लक डाउन गरिरहेकाे बेला राष्ट्रिय बीमा संस्थानले बीमितले पाउने सेवालाई थप सहज बनाएकाे छ । बीमितहरूकाे सेवालाई मध्येनजर गर्दै संस्थानले चार जना कर्मचारी काम गर्नका लागि खटाएकाे हाे । शुक्रबार एक सूचना जारी गर्दै संस्थानले बीमा अत्यावश्यकमा परेकाेले काम नराेक्ने उल्लेख गरेकाे छ । संस्थानले नायव महाप्रबन्धक महेश रिमाल,सह–व्यवस्थापक आशा कुमारी बस्नेत, सह–व्यवस्थापक चुडाराज अधिकारी र सह–व्यस्थापक दीपा अधिकारीलाई खटाएकाे हाे । बीमितले दावी भुक्तानी, अभिकर्ता सम्बन्धी कार्य र अन्डरराईटिङ्ग सम्बन्धि सेवाकालागि उनीहरूसँग सम्पर्क गर्न सक्नेछन् । साथै, भुक्तान हुन बाँकी रहेको नविकरण बीमाशुल्क सबै सार्वजनिक सेवा सामान्य भएको मितिले पन्ध्र दिन भित्र बुझाएमा बीमाशुल्क किस्तामा लाग्दै आएको व्याज बुझाउँनु नपर्ने संस्थानको सूचनामा उल्लेख गरिएकाे छ । अभिकर्ता ईजाजत पत्र नविकरण गर्दा लाग्ने नविकरण शुल्क बीमा समितिको नबिल बैंकमा रहेको खाता नम्बर ०११००१३०११००१ मा चैत्र मासन्तभित्र बुझाएमा जरिवाना तिर्नु नपर्ने जनाएकाे हाे ।

गोर्खाज फाइनान्सको बैंकिङ सेवामा समस्या भए यी नम्बरमा कल गर्नुहोस् (नाम र शाखासहित)

काठमाडौं । लकडाउनको अवधिमा गोर्खाज फाइनान्सले आफ्ना ग्राहकलाई विभिन्न विद्युतिय बैंकिङ् सेवा सुविधाको प्रयोग गर्न आग्रह गरेको छ । साथै, उक्त सेवा प्रयोग गर्दा केही समस्या आए फाइनान्सले सम्बन्धित व्यक्तिहरुसँग सम्पर्क गर्न आग्रह गरेको छ । यससँगै, संस्थाबाट प्राप्त हुने आधारभूत बैंकिङ सेवामा केही समस्या आएमा ग्राहकहरुले उपत्यका भित्र तथा उपत्यका बाहिर शाखाका सम्बन्धित व्यक्तिहरुसँग सम्पर्क गर्न सक्नेछन् । संस्थाले सबैगरी जम्माजम्मी २२ वटा शाखाका सम्बन्धित व्यक्तिहरुको नाम र सम्पर्क नम्बर र शाखा कार्यालयको नाम सार्वजनिक गरेको छ । सोही अनुसार ग्राहकले आफुलाई पायक पर्ने शाखाका सम्बन्धित व्यक्तिहरुसँग सम्पर्क गर्न सक्नेछन् ।