७५ करोडको साधारण सेयर निष्काशन गर्दै सिटिजन लाइफ इन्स्योरेन्स, बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ७५ करोड रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्न लागेको छ । यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरका ७५ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो । सिटिजन लाइफले सार्वजनिक निष्काशनका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । यस सम्बन्धी सम्झौता–पत्रमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल र एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले हस्ताक्षर गरेका छन् । अधिकृत पुँजी ३ अर्ब रुपैयाँ रहेको कम्पनीमा संस्थापक शेयरधनीबाट १ अर्ब ७५ करोड रुपैयाँ चुक्ता भईसकेको । सर्वसाधारणका लागि छुट्टाईएको रकम रु ७५ करोड निकट भविष्यमा सर्वसाधारणलाई शेयर जारी गरी कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुग्दैछ । सिटिजन लाइफ गत आ.व. २०७६/७७ मा आफ्नो व्यवसाय वृद्धिसँगै जीवन बीमा कोष बलियो बनाउँदै सो मा १६४ प्रतिशतले र कुल बीमा शुल्क आर्जनमा ६९ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । जगेडा तथा कोषको आकार पनि २२ करोड ८६ लाखबाट ११७ ले वृद्धि गरी ४९ करोड ६१ लाख र लगानी र बीमालेखको धितो तथा अन्य कर्जाबाट प्राप्त हुने आयमा ३१ प्रतिशतको वृद्धि गरी ३३ करोड ८३ लाख रुपैयाँ पु¥याउन सफल भएको छ ।

मानुषी लघुवित्तको बिक्री प्रबन्धकमा एसबिआई मर्चेण्ट नियुक्त, ३ करोडको आईपीओ जारी गर्ने

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग नियुक्त भएको छ । सो सम्बन्धि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र मानुषी लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शोभा बज्रचार्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । मानुषी लघुवित्तले तीन करोड रुपैयाँको साधारण सेयर(आईपीओ) निष्काशनको लागि नेपाल एसबिआई मर्चेण्टलाई बिक्री प्रबन्धक तथा सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । लघुविक्तले प्रति सेयर अंकित मूल्य एकसय रुपैयाँ दरका ३ लाख कित्ता सेयर निष्काशन गर्ने प्रकृया अघि बढाएको हो । नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग नेपाल एसबिआई बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।

सिटी एक्सप्रेसद्वारा ‘हरेक कारोबारमा आकर्षक उपहार’ याेजनाका विजेताहरु घोषणा

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो साउदी स्थित सेवाग्राहीहरुलाई लक्षित गर्दै साउदीकै ईनाज बैंक एल बिलाडसँगको सहकार्यमा सुरु गरेकाे योजनाको विजेता घोषण गरेको छ । यस योजना अन्तर्गत ४५ जना बिजेताहरुले सिसटी म्याक्स सपिङ भाउचर, २४ जनाले ५ ग्राम सुनका सिक्का र अन्त्यमा ६ जना भाग्यशाली बिजेताहरुले हवाई टिकट जित्न सक्ने योजनामा रहेको थियो । सोही योजना अनुरुप साउदीमा कार्यरत बिकास थडराई, गोविन्द नेपाली , पूर्णबहादुर रिमाल, होम राज सापकोटा र किस्मत सार्किले बम्पर उपहार स्वरुप हवाई टिकट जित्न सफल भएका छन् । यस कोभिड-१९ महामारीको कारणले हवाई टिकटको सट्टामा विजेताहरुले २ हजार साउदी रियाल प्राप्त गरेको छन् ।