एनएलजी इन्स्योरेन्सले ७ प्रतिशत बोनस सेयर दिने, हकप्रद किन्नेले पनि पाउने

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । साउन २३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७५/७६ को लागि नेपाल वित्तीय विवरण प्रतिवेदन(एनएफआरएस) बमोजिम उक्त वर्षको संचित मुनाफाबाट चुक्ता पुँजीको ७ प्रतिशत अर्थात ७ करोड १७ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको हो । हकप्रद सेयर जारी गर्नु अघि कम्पनीकाे चुक्ता पुँजी ५१ कराेड २३ रूपैयाँ रहेकाे  थियाे । काेभिड १९काे महामारीबीच  जारी गरेकाे शतप्रतिशत हकप्रद सेयर बिक्री नभई बाँकी भएको सेयर लिलाम बढाबढ प्रकृयामा रहेको समेत गरी कम्पनीकाे चुक्ता पुँजी एक अर्ब २ करोड रुपैयाँ कायम रहेकाे छ । उक्त पुँजीकाे ७ प्रतिशत बाेनस सेयर सेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरेकाे हाे । उक्त प्रस्तावलाई बीमा समितिले पारित गरेसँगै कम्पनीका सेयरधनी लगायत हालै जारी गरिएकाे हकप्रद किन्नेले समेत साे मात्राकाे बाेनस सेयर पाउने कम्पनीले जनाएकाे छ । साथै, प्रस्तावित बोनस सेयरमा लाग्ने कर रकमका लागि ०.३७ प्रतिशतका दरले ३७ लाख ७५ हजार २६ रुपैयाँ नगद लाभांशबाट समायोजन गर्ने कम्पनीले जनाएको छ । कम्पनीको खुद नाफा २० करोड २४ लाख १६ हजार एक सय ९५ रुपैयाँ रहेको छ । त्यसैगरी, एनएफआरएस बमोजिम कम्पनीको खुद नाफा २० करोड २४ लाख ३६ हजार ४ सय ५६ रुपैयाँ रहेको छ ।

नेपाल इन्स्योरेन्सले गर्यो नेपाल बैंकको कर्मचारीको कोरोना बीमा दाबी भुक्तानी

काठमाडौ । नेपाल इन्स्योरेन्स कम्पनीले नेपाल बैंकको कर्मचारीलाई कोरोना बीमाको दाबी भुक्तानी गरेको छ । इन्स्योरेन्स कम्पनीले सो दाबी परेको २४ घण्टा भित्रै रकम भुक्तान गरेको हो । बिरेन्द्रनगर सुर्खेतमा रहेको नेपाल बैंक शाखाको कर्मचारीले कोरोना बीमाको दाबी गरेका हुन् । इन्स्योरेन्स कम्पनीले सोही दाबी भुक्तानी तत्कालै  फर्छ्यौट गरेको हो । नेपाल इन्स्योरेन्स नेपालको पहिलो इन्स्योरेन्स कम्पनी हो भने नेपाल बैंक नेपालको पहिलो बैंक समेत हो । सो दाबी भुक्तानी फर्छ्यौटको जानकारी नेपाल इन्स्योरेन्स कम्पनीले प्रेस विज्ञप्ती मार्फत सार्वजनिक गरेको हो ।  

सिद्धार्थ ईक्वीटी फण्डले साढे ७ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ले ५ प्रतिशत प्रतिफल दिने

काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सिद्धार्थ क्यापिटल योजना व्यवस्थापक रही संचालनमा रहेको सिद्धार्थ ईक्वीटी फण्डले इकाईधनीहरुलाई साढे ७ प्रतिशत प्रतिफल दिने भएको छ । फण्डले कर सहित सो मात्रा अर्थात ११ करोड २५ लाख रुपैयाँ प्रतिफल इकाईधनीलाई वितरण गर्ने भएको हो । त्यस्तै, सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सिद्धार्थ क्यापिटल योजना व्यवस्थापक रही संचालनमा रहेको सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ले पनि आफ्ना इकाईधनीहरुलाई ५ प्रतिशत प्रतिफल दिने भएको छ । संस्थाले कर सहित सो मात्रा अर्थात ६ करोड रुपैयाँ बराबरको प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । यी दुबैकाे आर्थिक वर्ष २०७६/७७ को लेखापरिक्षण कार्य सम्पन्न भएको छ । योजनाको लेखापरिक्षण कार्य सम्पन्न भए लगत्तै योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको साउन २२ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि सिद्धार्थ ईक्वीटी फण्ड तथा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ का इकाईधनीलाई सो मात्राको प्रतिफल वितरण गर्ने निर्णय गरेको हाे ।