मानुषी लघुवित्तको बिक्री प्रबन्धकमा एसबिआई मर्चेण्ट नियुक्त, ३ करोडको आईपीओ जारी गर्ने

<p>काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग नियुक्त भएको छ । सो सम्बन्धि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र मानुषी लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शोभा बज्रचार्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । मानुषी लघुवित्तले तीन करोड रुपैयाँको साधारण सेयर(आईपीओ) [&hellip;]</p>


काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग नियुक्त भएको छ । सो सम्बन्धि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र मानुषी लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शोभा बज्रचार्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

मानुषी लघुवित्तले तीन करोड रुपैयाँको साधारण सेयर(आईपीओ) निष्काशनको लागि नेपाल एसबिआई मर्चेण्टलाई बिक्री प्रबन्धक तथा सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । लघुविक्तले प्रति सेयर अंकित मूल्य एकसय रुपैयाँ दरका ३ लाख कित्ता सेयर निष्काशन गर्ने प्रकृया अघि बढाएको हो ।

नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग नेपाल एसबिआई बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।

Share News