सेन्ट्रल फाइनान्सले तीन वर्ष यताकै उच्च लाभांश दिने

काठमाडौं । सेन्ट्रल फाइनान्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । फाइनान्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश घोषणा गरेको हो । जुन गत तीन वर्ष यताकै उच्च लाभांशदर हो । पुस १२ गते बसेकोे कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट चुक्ता पुँजीको ७ प्रतिशत बोनस र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा फाइनान्सको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । हाल फाइनान्सको चुक्ता पुँजी ८२ करोड ३३ लाख रुपैयाँ रहेको छ । ७ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ८८ करोड ९ लाख रुपैयाँ पुग्ने छ । उक्त प्रस्तावित लाभांश गत तीन आव यताकै उच्च हो । फाइनान्सले आर्थिक वर्ष २०७५/७६ र आर्थिक वर्ष २०७४/७५ को नाफाबाट चुक्ता पुँजीको ७⁄७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । त्यस्तै, संस्थाले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट सेयरधनीलाई ८.७७ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

मर्जमा जाने प्रस्ताव सहित स्वदेशी लघुवित्तले डाक्यो वार्षिक साधारणसभा

काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाले आगामी माघ ४ गते वार्षिक साधरणसभा डाकेको छ । संस्थाले सो दिन बिहान ९ बजे सुनसरीको होटल पाथिभराको सभाहलमा आफ्नो छैठौं वार्षिक साधारणसभा बोलाएको हो । उक्त सभाले स्वदेशी लघुवित्त र एनआईसी एशिया लघुवित्त वित्तीय संस्था एकआपसमा मर्जमा जाने विशेष प्रस्तावलाई पारित गर्दै छ । त्यस्तै, मर्जरकोे लागि संस्थाको सम्पत्ति दायित्व र कारोबारको मूल्याङ्कन प्रतिवेदन(डीडीए रिपोर्ट) तथा सोको आधारणमा निर्धारण गरेको सेयर आदान प्रदान अनुपात(सेयर स्वाप रेसियो)मा छलफल गरी सभाले पारित गर्ने छ । सम्बन्धित समाचार एनआईसी एशिया लघुवित्त वार्षिक साधारणसभामा जाँदै

एनआईसी एशिया लघुवित्त वार्षिक साधारणसभामा जाँदै

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था आगामी माघ ४ गते वार्षिक साधारणसभामा जाँदै छ । संस्थाले सो दिन बिहान ९ बजे जाजरकोटको होटल र्याडिसनको सभा कक्षमा आफ्नो तेस्रो वार्षिक साधारणसभा गर्न लागेको हो । पुस १० गते बसेको संस्थाको ९६औं सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो । एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज भएका छन् । मर्जर हुने यी दुबै संस्थाहरु नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजत पत्र प्राप्त राष्ट्रियस्तरका संस्थाहरु हुन् । मर्जर पश्चात् यी दुई स‌ंस्था एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको नामबाट देशकै सबैभन्दा ठूलो शाखा सञ्जाल र चुक्ता पुँजी भएको लघुवित्तको रुपमा स्थापित हुनेछ । सम्बन्धित समाचार मर्जमा जाने प्रस्ताव सहित स्वदेशी लघुवित्तले डाक्यो वार्षिक साधारणसभा