एनआईसी एशिया लघुवित्त वार्षिक साधारणसभामा जाँदै

<p>काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था आगामी माघ ४ गते वार्षिक साधारणसभामा जाँदै छ । संस्थाले सो दिन बिहान ९ बजे जाजरकोटको होटल र्याडिसनको सभा कक्षमा आफ्नो तेस्रो वार्षिक साधारणसभा गर्न लागेको हो । पुस १० गते बसेको संस्थाको ९६औं सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो । एनआईसी एशिया लघुवित्त र स्वदेशी [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था आगामी माघ ४ गते वार्षिक साधारणसभामा जाँदै छ । संस्थाले सो दिन बिहान ९ बजे जाजरकोटको होटल र्याडिसनको सभा कक्षमा आफ्नो तेस्रो वार्षिक साधारणसभा गर्न लागेको हो ।

पुस १० गते बसेको संस्थाको ९६औं सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो ।

एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज भएका छन् । मर्जर हुने यी दुबै संस्थाहरु नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजत पत्र प्राप्त राष्ट्रियस्तरका संस्थाहरु हुन् ।

मर्जर पश्चात् यी दुई स‌ंस्था एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको नामबाट देशकै सबैभन्दा ठूलो शाखा सञ्जाल र चुक्ता पुँजी भएको लघुवित्तको रुपमा स्थापित हुनेछ ।

सम्बन्धित समाचार

मर्जमा जाने प्रस्ताव सहित स्वदेशी लघुवित्तले डाक्यो वार्षिक साधारणसभा

 

Share News