एकैदिन ११ कम्पनीकाे सेयर मूल्य समायाेजन, कसकाे मूल्य कति ?

काठमाडौं । बुधबार विभिन्न ११ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा सूचीकृत विभिन्न कम्पनीको एकैदिन बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । सो दिन ४ वाणिज्य बैंक, ४ लघुवित्त, २ फाइनान्स र एक हाइड्रोको गरी कूल ११ कम्पनीको सेयर मूल्य समायोजन भएको हो । यससँगै अबको कारोबार यी ११ वटै कम्पनीको सेयर कारोबार समायोजन पछि कायम भएको मूल्यबाटै शुरु हुने छ । ४ वाणिज्य बैंक नबिल बैंकको ३३.५० प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । यससँगै बैंकको सेयर मूल्य प्रतिकित्ता एक हजार ३८ रुपैयाँ कायम भएको छ । बैंकको पछिल्लो कारोबार प्रतिकित्ता एक हजार ३८६ रुपैयाँमा भएको थियो । ग्लोबल आईएमई बैंकको १४ प्रतिशत बोनस पछि सेयर मूल्य समायोजन भएको छ । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता ३०७ रुपैयाँ कायम भएको छ । कृषि विकास बैंकको पछि १५ प्रतिशत बोनस पछि सेयर मूल्य समायोजन भएको हो । समायोजन पछि बैंकको सेयर मूल्य प्रतिकित्ता ४२४ रुपैयाँ कायम भएको छ । जबकी बैंकको पछिल्लो कारोबार प्रतिकित्ता ४८८ रुपैयाँमा भएको थियो । नेपाल एसबिआई बैंकको पनि ६ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । पछिल्लो कारोबार प्रतिकित्ता ४०८ रुपैयाँमा कारोबार भएको बैंकको सेयर मूल्य समायोजन पश्चात प्रतिकित्ता ३८५ रुपैयाँ कायम भएको छ । ४ लघुवित्त छिमेक लघुवित्त वित्तीय संस्थाको २२ प्रतिशत बोनस पछि सेयर मूल्य समायोज भएको छ । पछिल्लो कारोबार प्रतिकित्ता एक हजार ३८५ रुपैयाँमा कारोबार भएको संस्थाको सेयर मूल्य समायोजन पश्चात प्रतिकित्ता एक हजार १३५ रुपैयाँ कायम भएको छ । त्यस्तै, २७.४७ प्रतिशत बोनस पछि ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा पछिल्लो कारोबार प्रतिकित्ता एक हजार ७३२ रुपैयाँमा कारोबार भएको संस्थाको सेयर मूल्य समायोजन पश्चात प्रतिकित्ता एक हजार ३५९ रुपैयाँ कायम भएको छ । वोमी लघुवित्त वित्तीय संस्थाको पछि ३० प्रतिशत बोनस पछि सेयर मूल्य समायोजन भएको छ । यससँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता ७०३ रुपैयाँ कायम भएको छ । संस्थाको पछिल्लो कारोबार प्रतिकित्ता ९१४ रुपैयाँमा भएको थियो । त्यसैगरी, स्पर्श लघुवित्त वित्तीय संस्थाको पनि मूल्य समायोजन भएको छ । १९.५० प्रतिशित बोनस सेयरपछि मूल्य समायोजन भएको संस्थाको सेयर मूल्य प्रतिकित्ता ८१३ रुपैयाँ कायम भएको छ । यसअघि संस्थाको सेयर मूल्य प्रतिकित्ता ९७२ रुपैयाँ थियो । २ फाइनान्स मञ्जुश्री फाइनान्सको १८ प्रतिशत बोनस सेयर पछि मूल्य समायोजन भएको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ३२१ रुपैयाँ कायम भएको छ । त्यस्तै, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको ७.३७ प्रतिशत बोनस पछि सेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता १८६ रुपैयाँ कायम भएको छ । जबकी संस्थाको पछिल्लो कारोबार प्रतिकित्ता २०० रुपैयाँमा भएको थियो । एक हाइड्रो हाइड्रो समूह अन्तर्गतको ङादी ग्रुप पावरको पनि १० प्रतिशत बोनस पछि सेयर मूल्य समायोजन भएको छ । प्रतिकित्ता २४० रुपैयाँ रहेको कम्पनीको सेयर मूल्य समायोजन पश्चात प्रतिकित्ता २१८ रुपैयाँमा झरेको छ ।

बीमा समितिले यही साता नयाँ अध्यक्ष पाउने सम्भावना, को हुँदैछन् नयाँ अध्यक्ष ?

काठमाडौं । बीमा समितिको नयाँ अध्यक्ष नियुक्ति गर्ने प्रक्रिया सुरु भएको छ । अर्थमन्त्री विष्णु पौडेलले नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया सुरु गरेका हुन् । वर्तमान अध्यक्ष चिरन्जीवी चापागाईंको कार्यकाल पुस २३ गते सकिदैछ । कार्यकाल सकिन एक साता बाँकी भएपनि अध्यक्ष चापागाईं गत मंगलबार (हिजो) देखि विदामा बसेका छन् । समितिमा अध्यक्ष पद रिक्त हुन लागेकोले अर्थमन्त्री पौडेलले नयाँ अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाउन चासो देखाएको अर्थमन्त्रालय स्रोतले जानकारी दियो । नयाँ अध्यक्षका लागि अर्थमन्त्री पौडेलले सम्भावित उम्मेदवार छनोट गर्न पनि लागेका स्रोतको दाबी छ । ‘अहिले नै अध्यक्ष पद रिक्त भइसकेको अवस्था होइन, पुस २३ गतेदेखि रिक्त हुने भएकोले नयाँ अध्यक्ष नियुक्तिको विषयमा अर्थमन्त्रीज्यूले चासो देखाउनु भएको छ, उहाँले लगेका प्रस्ताव मन्त्रिपरिषदमा रोकिने वा ढिला हुने सम्भावना नै नभएकोले अर्थमन्त्रीज्यूले जहिले प्रस्ताव लानुहुन्छ, सोही दिन समितिले नयाँ अध्यक्ष पाउँछ,’ अर्थमन्त्री पौडेल निकट स्रोतले भन्यो । अर्थमन्त्री पौडेलले यही साता नयाँ अध्यक्ष नियुक्तिको प्रस्ताव मन्त्रिपरिषदमा लाने सम्भावना रहेको मन्त्रालय स्रोतको भनाई छ । अहिले कसलाई नयाँ अध्यक्ष बनाउने भन्ने विषयमा मन्त्री पौडेलले मन्त्रालयको आफ्नो कोर टीम र प्रधानमन्त्री ओलीसँग परामर्श गरिरहेका छन् । ‘अहिले उहाँ (अर्थमन्त्री पौडेल) अरुका कुरा सुनिरहनु भएको छ, प्रस्तावित उम्मेदवारमध्ये उहाँलाई उचित लागेको व्यक्तिलाई अध्यक्ष बनाउने गरी मन्त्रिपरिषदमा प्रस्ताव लानु हुन्छ,’ निकट स्रोतले भन्यो । बीमा समितिको अध्यक्ष अर्थमन्त्रीको प्रस्तावमा मन्त्रिपरिषदले नियुक्त गर्ने व्यवस्था छ । समितिको अध्यक्षका लागि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी लगायत प्रतिस्पर्धामा छन् । नेपाल राष्ट्र बैंकको गभर्नर पदका लागि वलियो प्रतिस्पर्धी देखिएका सिवाकोटी अन्तिममा आएर महाप्रसाद अधिकारीलाई गभर्नर बनाइएको थियो । गभर्नरको प्रत्यासी रहेका र नेपाल राष्ट्र बैंकको बरिष्ठ डेपुटी गभर्नरको जिम्मेवारी बहन गरिरहेका सिवाकोटीले समितिले अध्यक्ष बन्न चाहेमा नरोक्ने कि भन्ने सोचमा अर्थमन्त्री पौडेल रहेको स्रोतको दाबी छ । सम्बन्धित समाचार बीमा समितिको अध्यक्ष पद खाली, चापागाई बसे विदामा बीमा समिति अध्यक्ष बन्ने प्रतिस्पर्धाः तीन प्रत्यासी रिङआउट, रेसमा थपिए लम्साल २०५८ सालदेखि ‘ल्याइते’को भरमा बीमा समिति, राम्रो काम गर्नेले पाएनन् धेरै समय

माकलबारी बचत तथा ऋण सहकारी संस्थाको १०औँ साधारणसभा सम्पन्न

काठमाडाैं । माकलबारी बचत तथा ऋण सहकारी संस्थाको १०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीले विश्वव्यापी महामारीको रूपमा रहेको कोरोना भाइरसको कारणले संस्थाले ‘महामारीमा साधारणसभा सञ्चालन कार्यविधि २०७७’ तयार गरी पुस ११ देखि १४ गतेसम्म संस्थाको कार्यालयमै साधारणसभा सम्पन्न गरेको हो । साधारणसभाको उद्घाटन गर्दै गोकर्णेश्वर नगरपालिकाका सहकारी शाखा प्रमुख पुण्यप्रसाद दाहालले सहकारीले राम्रो काम गरिरहेको भन्दै आगामी दिनमा पनि अझै आक्रामकरूपमा विस्तार हुन सुझाव दिए । कार्यक्रममा गोकर्णेश्वर नगरपालिका–४ का वडा सदस्य जयराम महतले सहकारीले आगामी दिनमा थप चुस्त र स्तरीय सेवा दिनका लागि सेवाहरुको विस्तार गर्न सुझाव दिए । “सहकारी ऐन २०७७ ले कल्पना गरेको ‘एक व्यक्ति एक सदस्य’को अवधारणालाई पालन गर्दै माकलबारी बचत तथा ऋण सहकारी संस्था र उज्यालो संपद बचत तथा ऋण सहकारी संस्थाबीच हुदै गरेको एकीकरणको शुभकामना दिए । कार्यक्रममा संस्थाका अध्यक्ष उदय सापकोटाले संस्थाको वार्षिक प्रगति प्रतिवेदन पेश गर्दै हालसम्म संस्थामा तीन करोड २७ लाख ५५ हजार ५३ कारोबार भएको, शेयरपूँजी ४५ लाख ८८ हजार २०० रहेको र ऋण लगानी दुई करोड १३ लाख ७६ हजार ९८७ रहेको जानकारी दिए ।