१३ जीवन बीमा कम्पनीको बोनस दरः एशियन र गुराँस लाइफकाे बाेनस दर ८७ रूपैयाँ
काठमाडौं । अहिले संचालनमा रहेकामध्ये १३ वटा जीवन बीमा कम्पनीको बोनस दर सार्वजनिक भएको छ । बीमा गर्ने व्यक्तिले बिमांक रकमको प्रतिहजार रुपैयाँमा पाउने बोनस दर अनुसार एशियन लाइफ इन्स्याेरेन्स र गुराँस लाइफ इन्स्योरेन्सकाे बाेनस दर उच्च रहेकाे छ । कम्पनीहरुको बोनस दर नियामक निकाय बीमा समितिले स्वीकृत गर्नुपर्छ । समितिका अनुसार अहिले सबैभन्दा धेरै बोनस दर एशियन लाइफ र गुराँस लाइफ इन्स्यारेन्स कम्पनीको छ । जीवन बीमा कम्पनीहरुले आफ्नो बीमा योजनापिच्छे प्रदान गर्ने बोनस दर फरक फरक हुन सक्छ । यस्तो बोनस दरलाई बीमा योजना अवधिले प्रभाव पार्ने गर्छ । खासगरी लामो अवधिको बीमा योजनामा बोनस दर बढी हुने गरेको छ । समितिका अनुसार एशियन र गुराँस लाइफकाे २५ वर्ष वा सोभन्दा बढी अवधिको बीमा गराँउदा प्रतिहजार रुपैयाँमा ८७ रुपैयाँ बोनस दर पाइन्छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी बोनस दर प्रतिहजार रुपैयाँमा ८२ रुपैयाँ छ । कम्पनीले सावधिक तथा सामुहिक जीवन बीमालेखमा २५ वर्षभन्दा बढी अवधिको लागि ८२ रुपैयाँ बोनस दिन्छ । यस्तै, २५ वर्षभन्दा बढी अवधिको सावधिक तथा आजीवन बीमालेख तथा दम्पत्ती जीवन बीमालेखमा पनि २५ वर्षभन्दा बढी अवधिको बीमामा प्रतिहजार रुपैयाँ ८२ रुपैयाँ नै बोनस पाइन्छ । सूर्या लाइफ इन्स्यारेन्स कम्पनीको सबैभन्दा बढी बोनस दर प्रतिहजार रुपैयाँमा ७३ रुपैयाँ छ । कम्पनीले सावधिक जीवन बीमालेख र सावधिक तथा आजीवन बीमालेखमा ३० वर्षभन्दा बढी अवधिको बीमा गराउनेहरुलाई प्रतिहजार रुपैयाँमा ७३ रुपैयाँ बोनस दिनेछ । लाइफ इन्स्यारेन्स कर्पाेरेसन (नेपाल) को सबैभन्दा बढी बोनस दर प्रतिहजार रुपैयाँमा ८० रुपैयाँ छ । कम्पनीले सावधिक जीवन बीमालेख र सावधिक तथा आजिवन बीमा योजनाको २५ वर्ष वा सोभन्दा बढी अवधिको बीमा गराउँदा प्रतिहजार रुपैयाँमा ८० रुपैयाँ बोनस दिने हो । मेट लाइफ एलिकोको सबैभन्दा बढी बोनस दर प्रतिहजार रुपैयाँमा ८५ रुपैयाँ छ । मेटलाइफले २१ वर्ष वा सोभन्दा बढी अवधिको एजुकेसन प्रोटेक्सन प्लान बीमामा ८५ रुपैयाँ बोनस दिने स्वीकृति बीमा समितिबाट पाएको छ । प्रभु लाइफको सबैभन्दा बढी बोनस दर प्रतिहजार रुपैयाँमा ७० रुपैयाँ छ । सो कम्पनीको सावधिक जीवन बीमालेख र सावधिक तथा आजिवन बीमालेख खरिद गरी २५ वर्ष वा सोभन्दा बढी अवधिको बीमा गराउँदा प्रतिहजार रुपैयाँमा ७० रुपैयाँ बोनस पाइन्छ । सननेपाल लाइफ इन्स्यारेन्स कम्पनीको सबैभन्दा बढी बोनस दर प्रतिहजार रुपैयाँमा ७० रुपैयाँ छ । सो कम्पनीले सावधिक जीवन बीमा र सावधिक तथा आजिवन बीमामा २५ वर्ष वा सोभन्दा बढी अवधिको बीमा गराउँदा प्रतिहजार रुपैयाँमा ७० रुपैयाँ बोनस पाइने हो । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको सर्वाधिक बोनसदर पनि ७० रुपैयाँ नै छ । कम्पनीको सावधिक जीवन बीमालेख, सावधिक तथा आजिवन बीमालेख र अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा २५ वर्ष वा सोभन्दा बढी अवधिको बीमा योजनामा प्रतिहजार रुपैयाँमा ७० रुपैयाँ बोनस पाइने हो । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको सर्वाधिक बोनसदर पनि प्रतिहजार रुपैयाँमा ७० रुपैयाँ नै छ । कम्पनीको सावधिक जीवन बीमा र सावधिक तथा आजिवन बीमा योजनाको २५ वर्ष वा सोभन्दा बढी अवधिको बीमा गराउँदा प्रतिहजार रुपैयाँमा ७० रुपैयाँ बोसन पाइन्छ । रिलायन्स लाइफ इन्स्यारेन्स कम्पनीको सर्वाधिक बोनस दर पनि प्रतिहाजर रुपैयाँमा ७० रुपैयाँ नै छ । कम्पनीको २५ वर्ष वा सोभन्दा बढी अवधिको सावधिक जीवन र सावधिकतथा आजिवन बीमालेख योजनामा ७० रुपैयाँ बोनस दर पाइने हो । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सर्वाधिक बोनसदर प्रतिहजार रुपैयाम ६५ रुपैयाँ छ । सो कम्पनीले सावधिक जीवन र सावधिक तथा आजिवन बीमा लेखको २५ वर्ष वा सोभन्दा बढी अवधिमा प्रतिहजार रुपैयाँमा ६५ रुपैयाँ बोनस दर प्रदान गर्ने हो । सिटिजन लाइफ इन्स्यारेन्स कम्पनीको सर्वाधिक बोनस दर प्रतिहजार रुपैयाँमा ७० रुपैयाँ छ । कम्पनीले ३० वर्ष वा सोभन्दा बढी अवधिको सावधिक जीवन बीमा लेखमा प्रतिहजार रुपैयाँमा ७० रुपैयाँ बोनस प्रदान गर्छ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको सर्वाधिक बोनस दर प्रतिहजार रुपैयाँमा ८२ रुपैयाँ छ । कम्पनीले सावधिक जीवन र सावधिक तथा आजिवन बीमा लेखको २६ वर्ष वा सोभन्दा बढी अवधिको बीमा गराउँदा प्रतिहजार रुपैयाँमा ८२ रुपैयाँ बोनस प्रदान गर्ने स्वीकृति बीमा समितिबाट पाएको छ ।
सगरमाथा इन्स्योरेन्स र पाेखराकाे हाेटल ल्याण्डमार्कबीच सम्झाैता
काठमाडाैं । सगरमाथा इन्स्योरेन्स कम्पनी र पाेखराकाे हाेटल ल्याण्डमार्क तथा काठमाडाैंकाे सम्राट टूर्स एण्ड ट्राभल्स प्रा.लि. बीच सम्झाैता भएकाे छ । नेपालको आन्तरिक पर्यटनको विकासलाई टेवा पुर्याउने उद्देश्यले यी कम्पनीबीच सम्झाैता भएकाे हाे । उक्त सम्झौता पत्रमा सगरमाथा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री तथा सम्राट टूर्स एण्ड ट्राभल्सको तर्फबाट सिएन पाण्डेले हस्ताक्षर गरेका हुन् । यससँगै सगरमाथा इन्स्योरेन्स कम्पनीका कर्मचारी तथा भीआईपी कार्ड हाेल्डर बीमितले विभिन्न सेवामा विशेष छुट पाउने छन् ।
सिद्धार्थ इन्स्योरेन्सले नेपाल स्टारको टप ८ विजेता र निर्णायकहरुको दुर्घटना बिमा गर्ने
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले नेपाल स्टारको उत्कृष्ट ८ मा पुग्न सफल ८ जना प्रतियोगी, नेपाल स्टारका निर्णायकहरु एवं निर्देशकको १ बर्षको दुर्घटना बिमा प्रदान गर्नेभएको छ । सो सम्बन्धि सम्झौता पत्रमा सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्री र कि एडभरटाजिङ सर्भिसका प्रबन्ध निर्देशक रबिन्द्र कुमार रिजालले एक कार्यक्रमका बीच हस्ताक्षर गरेका थिए । सम्झौता कार्यक्रममा नेपाल स्टारका निर्णायक मण्डलका सदस्य वरिष्ठ संगीतकार आलोकश्री बरिष्ठ गायक रामकृष्ण ढकाल, बरिष्ठ गायिका अन्जु पन्त लगायत कम्पनीका वरिष्ठ पधादिकारी एवं नेपाल स्टारका उत्कृष्ट ८ मा प्रतिस्पर्धा गरिरहेका उम्मेद्वारहरुको उपस्थिति रहेको थियो । उत्कृष्ट ८ जनालाई जनही १५ लाख एवं निर्णायकहरु एवं निर्देशकको २५ लाख रकम बराबरको दुर्घटना बीमा रहेको छ ।