दुबईबाट सिटी एक्सप्रेस मार्फत पैसा पठाउँदा टमाटाले जिते २ लाख

<p>काठमाडौं । सिटी एक्स्प्रेस मनी ट्रान्सफर र दुबईस्थित अल फर्दान एक्सचेन्जको संयुक्त सहकार्यमा आयोजना गरिएको दशैं तिहार बम्पर धमाकामा दिपक राम टमाटाले २ लाख जितेका छन् । सो योजना अन्तर्गत दुबईको अल फर्दान एक्सचेन्जबाट सिटी एक्सप्रेस मार्फत पैसा पठाउँदा टमाटले २ लाख जितेका हुन् । यस योजनामा विजेता छनोट लक्की ड्र मार्फत गरिएको थियो जस [&hellip;]</p>

काठमाडौं । सिटी एक्स्प्रेस मनी ट्रान्सफर र दुबईस्थित अल फर्दान एक्सचेन्जको संयुक्त सहकार्यमा आयोजना गरिएको दशैं तिहार बम्पर धमाकामा दिपक राम टमाटाले २ लाख जितेका छन् । सो योजना अन्तर्गत दुबईको अल फर्दान एक्सचेन्जबाट सिटी एक्सप्रेस मार्फत पैसा पठाउँदा टमाटले २ लाख जितेका हुन् ।

यस योजनामा विजेता छनोट लक्की ड्र मार्फत गरिएको थियो जस अन्तर्गत सिटी एक्स्प्रेस बाट पैसा पठाएर ८ जनाले कलर टिभी , ४ जनाले माईक्रोवेभ ओभन , ४ जनाले ब्लेन्डर , ५ जनाले राईस कुकर लगायत ६ जनाले ईलेक्ट्रीक केट्टल जस्ता घरेलु उपकरणहरु जित्न सफल भएका छन् ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा विगत १४ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १० हजारभन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

Share News