लुम्बिनी विकास बैंकको सेयर मूल्य समायोजन

काठमाडौं । आज (पुस १४ गते) मंगलबार लुम्बिनी विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । विकास बैंकको ७ प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात विकास बैंकको सेयर मूल्य प्रतिकित्ता २०४ रुपैयाँ रहेको छ । पछिल्लो कारोबारमा संस्थाको सेयर प्रतिकित्ता २१८ रुपैयाँमा किनबेच भएको थियो । यससँगै अबको बजारमा बैंकको पहिलो कारोबार प्रतिकित्ता २०४ रुपैयाँदेखि शुरु हुने छ ।

१९ प्रतिशत बोनसपछि एनएमबि लघुवित्तको सेयर मूल्य समायोजन

काठमाडौं । आज (पुस १४ गते) मंगलबार एनएमबि लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले संस्थाको १९ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ९८४ रुपैयाँ रहेको छ । पछिल्लो कारोबारमा संस्थाको सेयर प्रतिकित्ता ११७१ रुपैयाँमा किनबेच भएको थियो । यससँगै अबको बजारमा संस्थाको पहिलो कारोबार प्रतिकित्ता ९८४ रुपैयाँदेखि शुरु हुने छ ।

नागरिक लगानी कोषको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाडौं । आज (पुस १४ गते) मंगलबार नागरिक लगानी कोषको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ८२.८४ प्रतिशत हकप्रद पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात कोषको सेयर मूल्य प्रतिकित्ता २७८४ रुपैयाँ कायम रहेको छ । पछिल्लो कारोबारमा कोषको सेयर प्रतिकित्ता ५००८ रुपैयाँमा किनबेच भएको थियो । यससँगै अबको बजारमा कोषको पहिलो कारोबार प्रतिकित्ता २७८४ रुपैयाँदेखि शुरु हुने छ ।