साधना लघुवित्तको १८.९५ प्रतिशत लाभांश पारित, सञ्चालकमा २ जना निर्वाचित

काठमाडाैं । साधना लघुवित्त वित्तीय संस्थाकाे प्रस्तावित १८.९५ प्रतिशत लाभांश पारित भएको छ । पुस २९ गते सम्पन्न संस्थाकाे चाैथाे वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेसँगै सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजी १८ प्रतिशत बोनस सेयर र  ०.९४७३ प्रतिशत नगद गरी १८.९५ प्रतिशत लाभांश पाउने भएका छन् । संस्थाको सञ्चालक समितीका अध्यक्ष कृष्ण बहादुर थापाको अध्यक्षतामा होटल गोरखा बिसौनीमा सम्पन्न भएको सभाले सर्वसाधरण समुहबाट पुष्पा कुमारी घिमिरे तथा दिनेश अर्याललाई सञ्चालकको रुपमा सर्बसम्मत निर्वाचित गरेकाे छ । साथै, सभाले आर्थिक वर्ष २०७७/०७८ को बाह्य लेखा परिक्षण कार्यका लागी लेखापरिक्षक एस.डि एण्ड एसोसिएट्स, चार्टड एकाउन्टेन्ट्सलाई नियुक्त गर्ने प्रस्ताव समेत पारित गरेको छ साथै साधारण सभाले मर्जर/प्राप्तीको लागि संचालक समितिलाई अख्तियारी दिएको छ । सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले नोबेल कोरोना भाईरसका कारण वित्तीय कार्यक्रम सञ्चालनमा असहज भएतापनि लगानीकर्ताहरुलाई राम्रो प्रतिफल दिन सफल भएको र आगामी दिनमा समेत लगानीकर्तालाई उत्कृष्ठ प्रतिफल दिनको लागी पर्ने बताए । हाल संस्थाको ७० वटा शाखा कार्यालयहरुमार्फत करिब ६० हजार घरपरिवारलाई प्रत्यक्ष वित्तीय सेवा प्रवाह गरिरहेको छ ।

गुराँस लघुवित्तको पाँचौ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कम्पनी संचालक समितिका अध्यक्ष उदयनारायण बरालको अध्यक्षतामा आज पुस २९ गते बुधबार धनकुटा स्थित न्यू अन्जुली होटलमा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०७६।७७को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०७६।७७को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह सहितको वित्तीय विवरण माथि छलफल गरी पारित गर्ने निर्णय गरेको छ । साथै, आर्थिक वर्ष २०७७।७८ को लागि लेखापरीक्षक नियुक्त गर्ने सामान्य प्रस्ताव पारित गरेको छ । सभामा सहभागी सेयरधनीले कोरोना भाईरस संक्रमणको यस परिस्थितिमा संस्थालाई बचाउँदै अगाडि बढाएकोमा खुशी व्यक्त गरेका छन् । र, आगामी दिनहरुमा ग्राहकहरुको संरक्षण तथा विकास गर्दै संस्थाको ब्यवसाय वृद्धि गर्न सुझाव दिएका छन् ।

नेपाल लाइफ र भन्सार विभागका प्रमुखबीच भेटवार्ता, सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता

काठमाडाैं । बीमा क्षेत्रबाट सबैभन्दा धेरै राजस्व दाखिला गरेबापत उत्कृष्ठ करदाता सम्मान २०७४/७५ बाट सम्मानीत नेपाल लाइफ र राजस्व संकलन गर्ने सरकारी निकाय भन्सार विभाग प्रमुखबीचको बुधबार भेटवार्ता भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई र भन्सार विभागका महानिर्देशक सुमन दाहालबीच भएको छलफलमा आपसी हितमा काम गर्ने सहमती भएको छ । भेटका अवसरमा भन्सार विभागका महानिर्देशक दाहालले आफ्ना भन्सार विभागका कर्मचारीमा जीवन बीमा सचेतना अभिबृद्धि गर्न साथ र सहयोगको अपेक्षा व्यक्त गरे । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत प्रसाईले आफ्नो व्यक्तिगत तथा कम्पनीको तर्फबाट बीमा जागरणमा सदैव भूमिका रहने प्रतिवद्धता व्यक्त गरे । भन्सार विभागका महानिर्देशक दाहालले र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत प्रसाईले एक आपसमा आवश्यकताका आधारमा सहयोग तथा सहकार्य गर्दै जाने बताए ।