सूर्या लाईफ इन्स्योरेन्सको साढे १० प्रतिशत लाभांश पारित

काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनीको १०.५२६ प्रतिशत लाभांश पारित भएको छ । आज माघ ५ गते बसेको कम्पनीको वार्षिक साधारणसभाले सेयरधनीलाई सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । यससँगै इन्स्योरेन्सका सेयरधनीले आर्थिक वर्ष २०७५/०७६काे नाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनस र ५.५२६ प्रतिशत नगद(कर सहित) गरी सो मात्राको लाभांश पारित गरेको हो । कम्पनीको आ.व. २०७५/०७६ को १२औं वार्षिक साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय रहेको स्थान विराटनगर मोरङ्गमा सम्पन्न भयो ।

इसेवा र लिगल रेमिटबीच सम्झौता, अष्ट्रेलियाबाट सहजै पैसा पठाउन सकिने

काठमाडाैं । इसेवा मनि ट्रान्स्फर र अष्ट्रेलियाको प्रतिष्ठत रेमिट्यान्स् कम्पनी लिगल रेमिटबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । योसँगै अष्ट्रेलियामा रहेका नेपालीहरूलाई नेपालमा सहज रुपमा रेमिट्यान्स् पठाउन सक्नेछन् । रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौता पत्रमा इसेवा मनि ट्रान्स्फरका प्रबन्ध निर्देशक अजेश कोइरााला र लिगल रेमिटका तर्फबाट निर्देशक विवेक ढकालले हस्ताक्षर गरे । अष्ट्रेलियाबाट नेपालीहरूले नगदमा तथा कुनै पनि बैंक खातामा र इसेवावालेटमा रकम पठाउन सकिनुकाे साथै नगदमा पठाइएको रकम इसेवा मनि ट्रान्स्फरका नेपाल भर रहेका ८ हजारभन्दा धेरै एजेन्ट तथा इसेवावालेट एप मार्फत पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएकाे छ । त्यसैगरी बैंक खातामा पठाएइको रकम तुरुन्तै सेवाग्राहीको बैंक खातामा जम्मा हुने इसेवाले जनाएकाे छ । नगदमा पठाइएको रकम इसेवा वालेटमा रिसिभ गर्दा ५५ रुपैयाँ अतिरिक्त क्यासब्याक पनि पाइने छ । लिगल रेमिट अनलाइनमार्फत कारोबार गर्ने र उच्च स्तरको प्रविधि प्रयोग गरेको कम्पनी भएको हुँदा ५ मिनेट भित्रै रेमिटेयान्स् प्राप्त गर्न सकिने इसेवाले जनाएकाे छ ।  

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले भुक्तानी गर्यो १३ लाख रुपैयाँ

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले १३ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ । कम्पनीमा जीवन बीमा गरेका बिमित यज्ञप्रसाद गुरुङ्गको वैदेशिक रोजगारीको क्रममा मृत्यु भएकोले इन्स्योरेन्सले सो मात्राको रकम भुक्तानी गरेको हो । कम्पनीले गत पुस २१ गते नै मृतक बिमितको परिवारलाई सो मात्राको रकम हस्तान्तरण गरेको हो । कम्पनीका ताहाचालका क्लस्टर प्रमुख नविन श्रेष्ठले कम्पनीको नीति अनुरुप बिमितलाई समयमा नै दावी भुक्तानी प्रदान गरेको बताएका छन् ।