युनाईटेड फाइनान्सकाे २६ ‌औं वार्षिक साधारणसभा सम्पन्न

<p>काठमाडाैं । युनाईटेड फाइनान्सकाे २६ ‌औं वार्षिक साधारणसभा सम्पन्न भएकाे छ । संस्थाका सञ्चालक समितिका अध्यक्ष वसन्त कुमार चौधरीकाे अध्यक्षता संस्थाकाे २६ ‌औं वार्षिक साधारणसभा सम्पन्न भएकाे हाे । संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव अजय कुमार मिश्रकाे अनुसार उक्त साधारणसभामा संस्थाको चुक्ता पुँजीको करिब ८१ प्रतिशत प्रतिनिधित्व हुने गरी सेयरधनीहरुको प्रोक्शी मार्फत, भौतिक तथा भर्चुअल उपस्थिती रहेको [&hellip;]</p>

काठमाडाैं । युनाईटेड फाइनान्सकाे २६ ‌औं वार्षिक साधारणसभा सम्पन्न भएकाे छ । संस्थाका सञ्चालक समितिका अध्यक्ष वसन्त कुमार चौधरीकाे अध्यक्षता संस्थाकाे २६ ‌औं वार्षिक साधारणसभा सम्पन्न भएकाे हाे ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव अजय कुमार मिश्रकाे अनुसार उक्त साधारणसभामा संस्थाको चुक्ता पुँजीको करिब ८१ प्रतिशत प्रतिनिधित्व हुने गरी सेयरधनीहरुको प्रोक्शी मार्फत, भौतिक तथा भर्चुअल उपस्थिती रहेको थियो । उक्त साधारण सभाले आ.ब. २०७६/७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन,संस्थाको लेखापरिक्षण प्रतिवेदन सहितको आ.व.२०७६/७७ को वार्षिक वित्तिय विवरणहरु पारित गरेकाे पनि उनले जानकारी दिए ।

कार्यक्रममा सञ्चालकहरु विष्णु कुमार अग्रवाल, बेनीगोपाल मुन्दडा, मनिष खेमका, के.आर.बिजिमोन, रोशन अधिकारी, प्रभा पाण्डे साथै प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्र लगायत संस्थाका उच्च पदस्थ अधिकारीहरु, लेखापरिक्षकहरु, कानुनी सल्लाहकार एवम् नियमनकारी निकायबाट अतिथिहरुको उपस्थिति रहेको थियो ।

संस्थाले आ.व. २०७७/७८ को लेखापरिक्षण गर्नको लागि संस्थाको लेखापरिक्षण समितिबाट सिफारिस गरिए बमोजिम लेखापरिक्षक सार असाेसिएट्सलाई पुन नियुक्ती गरेको छ ।

Share News