गुराँस लघुवित्तको पाँचौ वार्षिक साधारणसभा सम्पन्न

<p>काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कम्पनी संचालक समितिका अध्यक्ष उदयनारायण बरालको अध्यक्षतामा आज पुस २९ गते बुधबार धनकुटा स्थित न्यू अन्जुली होटलमा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०७६।७७को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०७६।७७को वासलात, नाफा नोक्सान हिसाब तथा [&hellip;]</p>

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कम्पनी संचालक समितिका अध्यक्ष उदयनारायण बरालको अध्यक्षतामा आज पुस २९ गते बुधबार धनकुटा स्थित न्यू अन्जुली होटलमा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०७६।७७को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०७६।७७को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह सहितको वित्तीय विवरण माथि छलफल गरी पारित गर्ने निर्णय गरेको छ । साथै, आर्थिक वर्ष २०७७।७८ को लागि लेखापरीक्षक नियुक्त गर्ने सामान्य प्रस्ताव पारित गरेको छ ।

सभामा सहभागी सेयरधनीले कोरोना भाईरस संक्रमणको यस परिस्थितिमा संस्थालाई बचाउँदै अगाडि बढाएकोमा खुशी व्यक्त गरेका छन् । र, आगामी दिनहरुमा ग्राहकहरुको संरक्षण तथा विकास गर्दै संस्थाको ब्यवसाय वृद्धि गर्न सुझाव दिएका छन् ।

Share News