देवदर्शन बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा घिमिरे
काठमाडाैं । चन्द्रागिरि नगरपालिका वडा नं ५ दाउराडिपोमा अवस्थित देवदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्ष पदमा युवा समाजसेवी रामनारायण घिमिरे निर्वाचित भएका छन् । सहकारीको १२ औँ साधारणसभाले उनलाई चार वर्षका लागि सो पदमा पुनःचयन गरेको हो । सो नगरपालिकाको सबैभन्दा धेरै वचतकर्ता आवद्ध रहेका सो सहकारीको नयाँ कार्यसमितिका उपाध्यक्ष, सचिव र कोषाध्यक्ष पदमा क्रमशः बेलीमैया घले, राम तामाङ, राजु कार्की निर्वाचित भएका छन् । यसैगरी सञ्चालकमा तीर्थ लामा, लक्ष्मण बलामी, नानु पण्डित (थापा), लेखा संयोजकमा विमलविक्रम बानियाँ र सदस्यद्वमा वसन्त महर्जन र माधव रेग्मी चयन भएका छन् । आर्थिक वर्ष २०६५÷०६६ देखि कारोवार शुरुआत गरेको सो सहकारीमा करीब दुई हजार ९०० शेयर सदस्य आवद्ध छन् । सहकारीले आफ्ना शेयर धनीको आर्थिक क्षमता उकास्न नवीनतम कार्य गरिरहेको जनाएको छ भने आफ्नो सामाजिक दायित्वलाई प्राथमिकताका साथ निरन्तरता दिइरहेको बताइएको छ । कर्जा तथा सापट योजनाअन्तर्गत सहकारीले देवदर्शन पुलेसो, आवधिक, छोटो अवधि, व्यापारिक, घर, हायर पर्चेच, महिला उद्यमी, शेयर सदस्य सहुलियत, सामूहिक जमानी, कृषि, गरिबी निवारण, लघु, आवधिक रसिद धितो कर्जा तथा सापट योजनालगायत सञ्चालन गरिरहेको छ । साथै निक्षेप र आवधिक निक्षेपमा सहकारीले वार्षिक व्याजदर निर्धारणसमेत गरेको छ । ८० करोड ५७ लाख ७९ हजार ७४३ कूल सम्पत्ति रहेको सो सहकारीले कोरोना चन्द्रागिरि नगरपालिकाद्वारा स्थापित कोरोना कोषमा रु एक लाख एक सहयोग गरेको नवनिर्वाचित अध्यक्ष घिमिरेले जानकारी दिए । उनका अनुसार लकडाउनको अवधिमा सहकारीले चन्द्रागिरि नगर क्षेत्रका विपन्न व्यक्तिलाई राहत तथा खाद्यान्न वितरण गरेको थियो । उनले आगामी दिनमा आर्थिक पारदर्शिताका साथ सहकारीलाई नयाँ उचाइमा पु¥याउने दृढता व्यक्त गरे । उनले भने, “कारोनाबाट आक्रान्त आर्थिक गतिविधिलाई चलायमान बनाइ शेयर सदस्यका हित तथा समाजिक काम मेरो प्राथमिकतामा रहन्छ ।” सहकारीले काठमाडौं उपत्यकामा रगतको अभाव हुन नदिन समयसमयमा रक्तदान कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर, नगरस्तरीय ब्याडमिन्टन, फुटबललगायत विभिन्न खेलकूद प्रतियोगिता, नगरपालिकासँगको सहकार्यमा स्वास्थ्य तथा शिक्षासँग सम्बन्धित जनचेतना कार्यक्रम सञ्चालन गर्दै आइरहेको जनाएको छ । यसैगरी आफ्ना सदस्यलाई ‘सदस्य हित कोष’मार्फत सुत्केरी भत्ता, दुर्घटना बीमाको सहयोग गरिरहेको संस्थाका उपाध्यक्ष घलेले जानकारी दिए । चन्द्रागिरि नगरपालिकाको सहकारी विभागका प्रमुख रजश खड्काले सहकारीको साधारणसभाको शुभारम्भ गर्दै सहकारीको भावनाअनुसार देवदर्शन सहकारीले अगामी दिनमा अझै काम गर्न सुझाव दिँदै सहकारीले नै विपन्न समुदायको आर्थिक उन्नयमा सहयोग पु¥याउने बताए । उनले नगरपालिकाले सहकारीको विकास र प्रवद्र्धन गर्न प्राथमिकता दिइरहेको जानकारी दिनुभयो । सहकारीका ज्येष्ठ सदस्य बच्चुराम घिमिरेले ज्येष्ठ सदस्यका लागि मासिक ब्याज भुक्तानी हुनेगरी पेन्सन बचत योजना सञ्चालनमा ल्याई नमूना काम गरिरहेकामा खुशी व्यक्त गरे । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कुन)का कोषाध्यक्ष एवं काठमाडौँ जिल्ला बचत तथा ऋण सहकारी सङ्घ(कास्कुन)का अध्यक्ष दीपक पनेरूले सहकारी सिद्धान्त र भावनाअनुसार सहकारी संस्थाले काम गर्नुपर्छ भने । सो कार्यक्रममा संस्थाका अध्यक्ष घिमिरे, उपाध्यक्ष घले र प्रबन्ध निर्देशक प्रविण सिलवालले संस्थाको गतिविधिबारेमा अवगत गराएका थिए । सोही साधारणसभाले संस्थाको वार्षिक प्रतिवेदनसमेत पारित गरेको थियो । अधिवक्ता एवं संस्थाका कानूनी सल्लाहकार सीताराम राउतको संयोजकमा श्रीकृष्ण माध्यामिक विद्यालयका प्रधानाध्यापक बलराम कार्की र सञ्चारकर्मी रोशन दानी रहेकाे निर्वाचन समिति गठन गरिएको थियो ।
राष्ट्र बैंकले पुनरकर्जाका लागि लघुवित्तसँग माग्याे आवेदन, कसले पाउने ? कसले नपाउने ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले घ बर्गका लघुवित्त वित्तीय संस्थाहरुसँग पुनरकर्जाको लागि आवेदन माग गरेको छ । राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै पुनरकर्जाका लागि आवेदन माग गरेको हो । पहिलो पटक प्रकाशित गरेको सो सूचनाका अनुसार लघुवित्तहरुले माघ १२ गतेसम्म आवेदन दिन सक्नेछन् । लघुवित्त वित्तीय संस्थाहरुले आवेदन दिँदा विभिन्न नियमहरु पालना गर्नु पर्ने पनि राष्ट्र बैंकले उल्लेख गरेको छ । लघुवित्त कम्पनीहरुले आफनो पूँजीकोषको ६५ प्रतिशतसम्मको रकमको लागि पुनरकर्जा आवेदन दिन सक्ने, अघिल्लो त्रैमासको पूँजीकोषको अनुपात राष्ट्र बैंकले तोके बमोजिम हुनु पर्ने, पूँजी योजना अनुसार चुक्ता पूँजी पुगेको हुनु पर्ने, विगत तीन वर्षभित्र संस्थाका सञ्चालक समितिका पदाधिकारीहरु तथा सीईओ कारवाहीमा नभएको हुनुपर्ने लगायत शिर्तहरु पालना गर्नुपर्ने उल्लेख गरेको छ । यस्तै, आफ्नो कार्य क्षेत्र भन्दा बाहिर कर्जा प्रवाह नगरेको संस्थाले आवेदन दिन पाउन छन् भने आफ्नो कार्यक्षेत्रभन्दा बाहिर कर्जा प्रवाह गरेको संस्थाले आवेदन दिन पाउने छैनन् । विगत एक वर्षमा राष्ट्र बैंकबाट सिघ्र सुधारात्मक लगायत कुनै कारवाहीमा नपरेको संस्थाले आवेदन दिन पाउने छन् भने कुनै कारवाहीमा परेको संस्थाले आवेदन गर्न पाउने छैनन् । पुनरकर्जा प्राप्त गर्ने संस्थाले प्राप्त श्रोतको आधारमा सम्पूर्ण ऋणीको व्याजदर कम हुने गरी व्याजदरमा समायोजन हुनु पर्ने शर्त पनि राष्ट्र बैंक्ले राखेको छ । रित पूर्वक पेश नभएका र समयमै दर्ता नभएका आवेदनलाई स्वीकार नगरिने पनि उल्लेख गरिएको छ । [pdf id=254385]
सूर्या लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा देवकोटा
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको स्वतन्त्र सञ्चालकमा चूडामणि देवकोटा नियुक्त भएका छन् । पुस २६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले कम्पनीको रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा देवकोटालाई नियुक्त गरेको हो । यससँगै नवनियुक्त सञ्चालक देवकोटाले पुस २६ गतेदेखि नै उक्त पदको कार्यभार सम्हाल्ने छन् । यसअघि कम्पनीको स्वतन्त्र सञ्चालक पदमा गंगा प्रसाद शर्मा रहेका थिए । उनले दिएको राजिनामालाई कम्पनी सञ्चालक समितिले पुस २६ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको हो । कम्पनीको सञ्चालक समितिको बैठकले पुस २६ गते दिउँसो ३ बजे बसेको थियो ।