कामना सेवाले सञ्चालनमा ल्यायो विच्याट-युनियन पे भुक्तानी सेवा

काठमाडौं । कामना सेवा विकास बैंक र फर्ष्ट  पे टेक्नोलोजी प्रा.लि. बीच विच्याट पे र क्यिु-पे को भुक्तानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकले नेपालमा आउने विदेशी पर्यटकलाई लक्षित गदै विच्याट पे र युनियन पे बाट हुने भुक्तानी स्वीकार गर्न यो सेवा सञ्चालनमा ल्याएको हो । यस सम्झौता पश्चात नेपाल आउने पर्यटक तथा स्वदेशी गा्रहकहरुले कामना सेवा विकास बैंकसगँ आवद्ध मर्चेन्टहरुबाट वस्तु तथा सेवा खरिद गरे बापतको रकम क्यिुआर कोड स्क्यान गरि/गराई विच्याट पे र युनियन पे को साथै अलिपे, खल्ती, प्रभु पे, क्यिु-पे, आईएमई पे, स्मार्ट क्युआर लगायत अन्य ४६ वटा अन्तर्राष्ट्रिय वालेटहरु मार्फत भुक्तानी गर्न सक्ने छन् । काठमाडौं-३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा, १ वटा ऐक्सटेन्सन काउन्टर तथा ६६ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एबीबीएस, एसमएस बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, सी आश्वा, सोसल बैंकिङ्ग लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

समृद्धि फाइनान्सको सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । समृद्धि फाइनान्सको हकप्रद सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । संस्थाको आज (माघ १८ गते) आइतबार मात्रै ४ लाख ३० हजार ६३९ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो । यससँगै अबको केही दिनमा कम्पनीको उक्त सेयर सेयरधनीको डिम्याट खातामा जम्मा हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।

अल्का अस्पतालमा अबदेखि इसेवाबाट अनलाइन अपोइन्टमेन्ट लिन सकिने

काठमाडाैं । अल्का अस्पताल इसेवा र कोजेन्ट हेल्थको सहकार्यमा सुरु भएको ई–अपोइन्टमेन्ट प्लेटफर्ममा आवद्ध भएको छ । योसँगै अल्का अस्पतालमा उपचार गर्न तथा डाक्टरसँगको परामर्शका लागि इसेवा मोबाईल एप्लिकेशन मार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिनेछ । ई– अपोइन्टमेन्ट सेवा दिने विषयमा अल्का अस्पतालका तर्फबाट सिओओ सिए दिपेन्द्र पोखरेल र कोजेन्ट हेल्थका तर्फबाट प्रबन्ध निर्देशक डेनियल डि श्रेष्ठले हस्ताक्षर गरे । अनलाइन अपोइन्टमेन्ट सेवाले अस्पतालको ओपिडी सेवाहरू चुस्त बनाउने र बिरामीहरूको सन्तुष्टी बढाउने अपेक्षा गरिएको अस्पतालले जनाएकाे छ । बिरामीले घरबाटै अपोइन्टमेन्ट लिने र भुक्तानी गर्न सकिने हुँदा अस्पतालमा लाइन लाग्नुपर्ने झञ्झटबाट मुक्ति पाउनुका साथै समयको समेत बचत हुने अस्पताल बताउँछ । कोजेन्ट हेल्थ र ईसेवाद्धारा निर्मित ई–अपोइन्टमेन्ट र क्यूआर पेमेन्ट लगायत कोजेन्ट ईएमआर, कोजेन्ट ईएमआर वेब र स्मार्ट स्वास्थ्य जस्ता प्रविधिहरु नेपालभरका सयभन्दा बढी अस्पताल र स्वास्थ्य संस्थाहरुमा प्रयोग भइरहेका छन् ।