काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेन्ट बैकिङ्ग नियुक्त भएको छ ।
योसँगै संस्थाको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने लगायत सेयर रजिष्ट्रेशनसँग सम्बन्धित सम्पूर्ण कार्यहरु नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गले गर्नेेछ ।
उक्त सम्झाैतामा नेपाल एसबिआई मर्चेन्टकाे तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र महिला लघुवित्त वित्तीय संस्थाकाे तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद न्यौपानेले हस्ताक्षर गरे ।
कम्पनीको सेयर रजिष्ट्रार सम्बन्धि सेवा प्रारम्भ हुने मिति सार्वजनिक सूचना मार्फत सर्वसाधरण शेयरधनीहरुलाई जानकारी गराईने छ संस्थाले जनाएकाे छ ।
नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग नेपाल एसबिआई बैकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।