ग्राहकलाई प्रविधिमैत्री बनाउन मेरो माइक्रोफाइनान्सले सुरु गर्याे तालिम

<p>काठमाडाैं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आफ्ना ग्राहकहरुलाई प्रविधीमैत्री बनाउन नगद प्रवाह व्यवस्थापन सम्बन्धी तालिम सुरु गरेकाे छ । ग्राहकहरुलाई व्यवसाय विस्तार र प्रवर्धन कार्यमा सहज बनाउनको लागी तालिम आयोजना गरिएको संस्थाले जनाएको छ । एरिया टेक्नोलोजी प्रालि र साउथ एसिया इन्सिच्युट अफ एड्भान्स स्टडिज्सँगको सहकार्यमा मेरो माइक्रोफाइनान्सले आयोजना गरेको तालिममा करिब ४०० जना [&hellip;]</p>

काठमाडाैं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आफ्ना ग्राहकहरुलाई प्रविधीमैत्री बनाउन नगद प्रवाह व्यवस्थापन सम्बन्धी तालिम सुरु गरेकाे छ । ग्राहकहरुलाई व्यवसाय विस्तार र प्रवर्धन कार्यमा सहज बनाउनको लागी तालिम आयोजना गरिएको संस्थाले जनाएको छ ।

एरिया टेक्नोलोजी प्रालि र साउथ एसिया इन्सिच्युट अफ एड्भान्स स्टडिज्सँगको सहकार्यमा मेरो माइक्रोफाइनान्सले आयोजना गरेको तालिममा करिब ४०० जना ग्राहकहरुलाई तालिम दिइने बट्टार अनुगमन कार्यालयका प्रमुख सरोज पण्डितले जानकारी दिए ।

त्यस्तै शाखा कार्यालयहरु नुवाकोट जिल्लामा रहेका शाखा कार्यालयहरु बट्टार, रातमाटे, सातबिसे, रानीपौवा र कल्याणदेवीका व्यवसायिक कृयाकलापहरुलाई विस्तार तथा व्यवस्थित बनाउनु तालिमको उद्देश्य रहेको उनले बताए ।

सो तालिम मार्फत व्यवसायिक लेखाजोखा सम्बन्धमा अनुसन्धानात्मक अध्ययन समेत रहेकोले सदस्यहरुलाई प्रविधिमैत्री बनाउन मुनसि एप मार्फत सदस्यहरुका लागि नगद सम्बन्धी सम्पूर्ण हिसाब राख्नुका साथै व्यवसायको अवस्थाको बारेमा समेत चित्रण गर्न सकिने परियोजना, अनुसन्धान तथा विकास विभागका प्रमुख माधब न्यौपानेले जानकारी दिए ।

सो एप मार्फत नाफा घाटाको अवस्थाका साथै मासिक रुपमा खर्च, आम्दानी खर्चकोकाे अवसस्था राख्न सकिने समेत संस्थाले जनाएको छ ।

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहि देशका ५९ जिल्लामा १२० शाखा कार्यालयहरुमार्फत करिब १ लाख ३० हजार घरपरिवारहरुलाई वित्तीय सेवा पु¥याउदै आइरहेको छ ।

Share News