तीन कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत, कसको कति ?

काठमाडौं । नेप्सेमा विभिन्न तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बुधबार मात्रै सिटिजन्स बैंक, फर्ष्ट माइक्रोफाइनान्स, साल्ट ट्रेडिङ्ग कर्पोरेसन गरी तीनको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । जसमध्ये सिटिजन्स बैंकको ८ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । बैंकको ७२ लाख ७१ हजार ८५३ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो । त्यस्तै, फर्ष्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ९.५० प्रतिशत बोेनस सेयर सूचीकृत भएको छ । संस्थाको ७ लाख ६० हजार ७०४ कित्ता बोनस सेयर सूचीकृत भएको नेप्सेले जानकारी दिएको छ । त्यसैगरी, साल्ट ट्रेडिङ्ग कर्पोरेसनको २५ प्रतिशत अर्थात ३ लाख ८४ हजार ४८८ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । यससँगै, यी तीनवटै कम्पनीको सो मात्राको बोनस सेयर केही दिनमै सेयरधनीको खातामा जानेछ । र, दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।

महिला लघुवित्तले आईपीओ जारी गर्ने, पायो बोर्डको स्वीकृति

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले ४० प्रतिशत प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले माघ ८ गते मात्रै संस्थालाई अंकित मूल्य १०० को ४ लाख कित्ता आइपीओ निष्काशन गर्न स्वीकृति दिएको हो । बोर्डले दिएको स्वीकृति अनुसार संस्थाले ४ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको छ । सो मात्राको आईपीओ निष्काशन गर्न कम्पनीको सेयर निष्काशन तथा कम्पनीको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग रहेको छ ।

नेपालकै पहिलो म्युचुअल फण्डको राफसाफ तथा फछ्र्यौट अब ‘टी प्लस टू’ मा हुने

काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नेपालकै पहिलो खुलामुखी याेजना “एनआईबिएल सहभागिता फण्ड” को राफसाफ तथा फछ्र्यौट टी प्लस टूमा हुने भएको छ । हाल ‘टी प्लस थ्री’ प्रणालीमा राफसाफ तथा फछ्र्यौट हुँदै आएको उक्त फण्डकाे इकाई आज(माघ १४ गते) देखि भने ‘टी प्लस टू’ प्रणालीमा अर्थात एकदिन छिटाे हुने भएको हो । हालै नेपालको धितोपत्र बजारमा धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौट चक्र ‘टी प्लस थ्री’ कायम गरिएको अभ्यासलाई समेत दृष्टिगत गर्दै क्यापिटलले आजैदेखि नयाँ व्यवस्था लागू गरेको हो । साथै, यस योजनाको विवरण पुस्तिकामा सो चक्रलाई कार्य प्रणाली तथा दक्षतामा अभिवृद्धि गर्दै घटाउँदै लगिने क्यापिटलले इकाईधनीलाई जानकारी गराएको छ । “एनआईबिएल सहभागिता फण्ड” नेपाल इन्भेष्टमेण्ट बैंक कोष प्रबद्र्धक तथा एनआईबिएल एस क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित खुलामुखी म्युचुअल फण्ड हो ।