ज्योति केयर्स कार्ड बहाकलाई मेरिना इम्पेक्समा २० प्रतिशत छुट

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको विशेष कार्ड ज्योति केयर कार्ड बहाकले मेरिना इम्पेक्स एण्ड टेलरिङ सेन्टरमा सर्टिङ, सुटिङ तथा टेलरिङ सेवा लिँदा २० प्रतिशत छुट पाउने भएका छन् । यस सेवामा सहकार्य गर्ने विषयमा दुई कम्पनीबीच आइतबार सम्झौता भएको छ । सम्झौता पत्रमा मेरिना इम्पेक्स एण्ड टेलरिङ सेन्टरका कार्यकारी निर्देशक मोहन मान जोशी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट कर्पोरेट सोलुशन विभाग प्रमुख सनन्दन पोखरेलले हस्ताक्षर गरेका छन् । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले निश्चित मापदण्ड पूरा गरेको ग्राहक, कर्मचारी, अभिकर्ता र सेयरधनीलाई ज्योति केयर कार्ड प्रदान गर्दै आएको छ । उक्त कार्ड बहाकले मेरिना इम्पेक्सको विभिन्न स्थानमा रहेका चार शाखाहरुबाट २० प्रतिशत छुटमा सर्टिङ, सुटिङ र टेलरिङ सेवा लिन सक्ने मेरिना इम्पेक्सले जनाएको छ । ‘लामो समयदेखि सर्टिङ सुटिङ क्षेत्रमा प्रदान गर्दै  आएकाे गुणस्तरीय सेवा र ग्राहकको सन्तुष्टिले हामीलाई सेवा विस्तारमा उत्साहित बनाएको छ । हामी अत्यान्तै सुपथ मूल्यमा उच्च गुणस्तरयुक्त सटिङ, सुटिङ तथा टेलरिङ सेवा प्रदान गर्नेछौं’ मेरिना इम्पेक्सले प्रेस विज्ञप्ती मार्फत प्रतिवद्धता जनाएको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब ओमानबाट पनि सुरु

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो सन्जाल विस्तार गर्ने क्रममा अब ओमानबाट पनि आफ्नो सेवा सुचारु गर्ने भएको छ । ओमानको ख्यातिप्राप्त मोर्डन एक्सचेन्ज को एलएलसी र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स कारोबार सुरु भएको हाे । ओमानमा रहेका नेपालीहरुले मोर्डन एक्सचेन्ज को एलएलसीको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नुकाे साथै नेपालमा सिटी एक्सप्रेससंग आवद्ध १० हजारभन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सक्ने र नेपालको जुन सुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सक्नेछन् । दुई कम्पनीबीचकाे सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र मोर्डन एक्सचेन्ज को एलएलसी को तर्फबाट प्रबन्ध निर्देशक होरमुज्डा बि दाभरले हस्ताक्षर गरेका छन् ।  

महालक्ष्मी लाईफ इन्स्योरेन्सकाे स्ट्राटेजिक विजनेस मिट-२०२१ सम्पन्न

काठमाडाैं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले आ.व. २०७७/७८ को अर्धवार्षिक व्यवसाय समिक्षा सम्मेलन सम्पन्न गरेको छ । पोखरामा यही माघ १५ र १६ गते सम्पन्न उक्त सम्मेलनको मुख्य उद्देश्य शाखा र उपशाखा प्रमुखलाई सिकाउने, काम गराउने र नेतृत्व गराउने रहेको कम्पनीले जनाएकाे छ । देशैभरिका शाखा, उपशाखा र प्रधान कार्यालयका गरी ७२ जना कार्यालय प्रमुख र प्रधान कार्यालयका विभागिय प्रमुख समेतको सहभागिता रहेको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम दुई चरणमा सम्पन्न भएको थियो । पहिलो चरणमा माघ १५ गते प्रधान कार्यालयका विभागिय प्रमुख र क्षेत्रिय,उपक्षेत्रिय प्रमुखको समिक्षा बैठक भएको थियो । सो बैठकमा अर्ध वार्षिक व्यवसायको समिक्षा र आगामी रणनीति बारेमा विस्तृत छलफल हुनकाे साथै जीवन बीमा व्यवसायमा एकल बीमा पोलिसीको नकरात्मक प्रभाव र विकृति बारेमा गंभिर छलफल भएको थियो । माघ १६ गते विभागिय प्रमुख, क्षेत्रिय, उपक्षेत्रिय प्रमुख र शाखार उपशाखा प्रमुखको संयुक्त सम्मेलन भएको थियो । प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले बीमा व्यवसायको कमी कमजोरी र शाखारउपशाखा प्रमुखले खेल्ने भूमिका, गुणात्मक व्यवसाय गर्ने तरिका बारेमा तालिम प्रदान गरेका थिए । सोही दिनको कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृतहरु कमल पन्थी, रामेश्वर श्रेष्ठ, वरिष्ठ सहायक महाप्रबन्धक सपना खरेल र प्रशान्तराज धमला लगायत अन्य विभागिय प्रमुखहरुले विषयगत तालिम प्रदान गरेका थिए ।