सबैको लघुवित्तको खुद नाफा २४ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य सूचक ?
काठमाडौं । सबैको लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा २४.३६ प्रतिशत बढी कमाएको छ । कम्पनीले सार्वजनिक गरेको दोश्रो त्रैमासको वित्तीय विवरण अनुसार पुस मसान्तसम्ममा संस्थाले ३ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको हो । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ५९ लाख ६३ हजार रुपैयाँ बढी हो । गत वर्ष यस कम्पनीले २ करोड ४४ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी घटेर १४ करोड ९७ लाख रुपैयाँमा र खुद खर्च पनि घटेर ७ करोड ८ लाख रुपैयाँ सीमित भएको छ । जुन अघिल्लो आवको सोहि अवधिमा क्रमशः १६ करोड ४ लाख रुपैयाँ र ९ करोड २८ लाख रुपैयाँ रहेको थियो । हाल संस्थाको चुक्ता पुँजी १८ करोड ६४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६ करोड ६३ लाख रुपैयाँ छ । जबकी अघिल्लो आवको पुस मसान्तसम्ममा संस्थाको जगेडा कोषमा ३ करोड ३५ लाख रुपैयाँ मात्रै थियो । संस्थाको निष्कृय कर्जा भने बढेर २.९४ प्रतिशत पुगेको छ । जुन गत वर्ष ०.८५ प्रतिशत रहेको थियो । त्यस्तै, सीडी रेसियो बढेर ३४५ प्रतिशत पुगेको छ । त्यस्तै, संस्थाको वार्षिक प्रतिसेयर आम्दानी ३२.६५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३५.५६ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १६०५ रुपैयाँ रहेको छ । यो अवधिमा संस्थाको मूल्य आम्दानी अनुपात भने ३४.५५ गुणा र तरलता अनुपा २७.०८ गुणा रहेको छ ।
अजोड इन्स्योरेन्सको खुद नाफा ७५ प्रतिशतले बढ्यो, बीमा शुल्क २० करोड रूपैयाँ बढी
काठमाडौं । अजोड इन्स्योरन्सको खुद नाफा ७५.७५ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०७५/७६ को पहिलो ६ महिना अर्थात पुस मसान्तसम्ममा २ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आव २०७६/७७ को सो अवधिमा ४ करोड ६ लाख लाख रुपैयाँ आर्जन गर्न सफल भएको हो । जुन रकमको आधारमा एक करोड ७५ लाख रुपैयाँले बढी हो । समीक्षा अवधिमा कम्पनीले २० करोड ८३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ४ करोड ९ लाख रुपैयाँ बढी हो । कम्पनीले अघिल्लो आवको पुस मसान्तसम्ममा १६ करोड ७७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । चुक्ता पुँजी एक अर्ब रुपैयाँ भएको यस कम्पनीको जगेडा कोषमा ६ करोड ६३ लाख रुपैयाँ बढी छ । उक्त कोषमा अघिल्लो वर्षमा २ करोड ७९ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा कम्पनीले ७१ हजार ३०७ वटा बीमालेख जारी गरी कूल ६८ करोड २३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, १ हजार ९१० वटा दाबीबाट कूल २० करोड ७५ लाख रुपैयाँ भुक्तानी गरेको छ । इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ८.१३ रुपैयाँ र प्रति सेयर नेटवर्थ १ सय १५ रुपैयाँ रहेको छ । त्यस्तै, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १९० रुपैयाँ र पीई अनुपात ८२.९० गुणा रहेको छ । यस्ताे छ कम्पनीकाे याेजना यस अवधिमा कम्पनीको कुल बीमाशुल्क आम्दानी र तरलतामा वृद्धि भई संस्थाको वित्तीय स्थिति सन्तोष्जनक रहेको छ । कम्पनीको कूल बीमा शुल्क क्रमिक रुपमा बढ्दै गएकोले आगामी दिनहरुमा व्यवसायिक विविधिकरण गरी गुणस्तिरिय ग्राहकमुखी नयाँ सेवा सुविधा शुरु गरी कम्पनीलाई अझ वित्तीय रुपमा सबल बनाउने कम्पनीको योजना रहेको छ ।
खप्तडलाई प्राप्ति गर्ने प्रस्तावसहित विजय लघुवित्तले बोलायो एसजीएम, बुक क्लाेज कहिले ?
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले आगामी फागुन १५ गते विशेष साधारणसभा(एसजीएम) बोलाएको छ । संस्थाले सो दिन बिहान ९ बजे नवलपरासीको गैडाकोटस्थित विजय विकास स्रोतमा आफ्नो विशेष साधारणसभाले गर्ने निर्णय गरेको हो । संस्थाले सभामा खप्तड लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने विशेष प्रस्ताव लैजाँदै छ । त्यस्तै, उक्त संस्था प्राप्ति गर्न स्वाप रेसियो निर्धारण गर्ने संस्थाको विशेष प्रस्ताव रहेको छ । त्यस्तै, सभाले विजय लघुवित्तले खप्तड लघुवित्तलाई प्राप्ति गर्ने प्रयोजनको लागि लेखा परीक्षक नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गर्ने छ । त्यसैगरी, सभाले अन्य कुन संस्था प्राप्ति गर्ने तथा गाभिने लगायतको काम गर्न सञ्चालक समितिलाई पूर्ण रुपमा अख्तियारी दिने छ । सभामा जाने प्रयोजनको लागि संस्थाको फागुन ७ गतेदेखि फागुन १५ गतेसम्म बुक क्लोज हुने छ । यससँगै फागुन ६ गतेसम्म कायम सेयरधनी विशेष सभामा भाग लिन पाउने छन् ।