आशा लघुवित्तको लेखा तथा कर्जा जोखिम व्यवस्थापन तालिम सम्पन्न
काठमाडाैं । आशा लघुवित्त वित्तीय संस्थाले शाखा कार्यालयहरुमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले २ दिने लेखा तथा कर्जा जोखिम व्यवस्थापन तालिम सम्पन्न गरेको छ । आइतबार र साेमबार बोडे भक्तपुरमा आयोजित तालिम कार्यक्रममा देशभर संचालित ५५ वटा शाखा कार्यालयहरुमा कार्यरत ५५ जना फिल्ड कर्मचारीहरुको सहभागीता रहेको थियो । संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले उद्घाटन गर्नुभएको कार्यक्रममा वहाले तालिम कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै यस प्रकारका कार्यक्रमहरुले कर्मचारीहरुको कार्यक्षमता अभिवृद्धि हुनुका साथै मनोबल उच्च रहने विश्वास व्यक्त गरे । कार्यक्रममा जोखिम व्यवस्थापन सम्बन्धी तालिम भोज राज बश्यालले तथा धितो कर्जा मुल्याङ्कन प्रक्रिया सम्बन्धी लेखनाथ दाहालले प्रशिक्षण दिएका थिए । साथै उक्त कार्यक्रममा आशा लघुवित्त वित्तीय संस्थाका विभागीय प्रमुखहरु विजेन्द्र चौधरी ,रबिन खतिवडा, दिपेन्द्र खनाल तथा रामकृष्ण न्यौपानेले संस्थाको आन्तरिक नियन्त्रण प्रणाली तथा आन्तरिक व्यवस्थापन सम्बन्धमा प्रस्तुति गरे भने जिवसन धामीले सुचना प्रविधी सम्बन्धी तालीम प्रदान गरेका थिए । नेपाल राष्ट्र बैंकबाट ‘घ‘ वर्गको वित्तीय संस्थाका रुपमा स्वीकृति प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ‘‘बिपन्नका निम्ति आशा‘‘ भन्ने मुल नाराका साथ ककनी – ६ नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भाद्र १५ गतेबाट कारोबार शुरु गरेको हो । हालसम्म यस वित्तीय संस्थाले २९ वटा जिल्लाहरुका ५५ शाखा कार्यालयहरु मार्फत करीब ६० हजार सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाको हालसम्म करीब ३ अर्ब २५ करोड कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट १ अर्ब ७ करोड भन्दा बढी निक्षेप संकलन गरेको छ ।
प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । माघ २५ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । यससँगै सेयरधनीले हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.४२ प्रतिशत नगद लाभांश पाउने छन् । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २ करोड रुपैयाँ रहेको छ । ८ प्रतिशत बोनस पछि कम्पनीको चुक्तापुँजी १ अर्ब १० करोड रुपैयाँ नाघ्ने छ । उक्त प्रस्तावित लाभांश बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।
प्रुडेन्सियल इन्स्योरेन्सको विज्ञ सञ्चालकमा डा. आत्रेय नियुक्त
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको विज्ञ सञ्चालकमा डा. बिनोद आत्रेय नियुक्त भएका छन् । माघ २५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले डा. आत्रेयलाई विज्ञ सञ्चालक पदमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त सञ्चालक डा. आत्रेयले एक कार्यकाल अर्थात आगामी चार वर्षसम्म संस्थाको उक्त पदको कार्यभार सम्हाल्ने छन् । यसअघि उनी सूर्या लाइफ इन्स्याेरेन्सकाे सञ्चालक थिए । उक्त पदमा चार वर्षे कार्यकाल सकिएसँगै साे कम्पनीबाट बिदा भएका हुन् । उनले नेपाल राष्ट्र बैंकमा ३० वर्ष काम गरेर कार्यकारी निर्देशक पदबाट अवकाश पाएका थिए । राष्ट्र बैंकमा रहँदा उनले नेपाल बैंकमा करिव ३ वर्ष प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समालेका थिए । हाल उनी व्यवसायिक घराना विशाल ग्रुप निकट भएर विभिन्न कम्पनीको जिम्मेवारी समाल्दै आएका छन् । डा. आत्रेय हाल इमर्जिङ्ग नेपाल लिमिटेड कम्पनीको प्रमुख कार्यकारी अधिकृत समेत छन् ।