काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले आगामी फागुन १५ गते विशेष साधारणसभा(एसजीएम) बोलाएको छ । संस्थाले सो दिन बिहान ९ बजे नवलपरासीको गैडाकोटस्थित विजय विकास स्रोतमा आफ्नो विशेष साधारणसभाले गर्ने निर्णय गरेको हो ।
संस्थाले सभामा खप्तड लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने विशेष प्रस्ताव लैजाँदै छ । त्यस्तै, उक्त संस्था प्राप्ति गर्न स्वाप रेसियो निर्धारण गर्ने संस्थाको विशेष प्रस्ताव रहेको छ ।
त्यस्तै, सभाले विजय लघुवित्तले खप्तड लघुवित्तलाई प्राप्ति गर्ने प्रयोजनको लागि लेखा परीक्षक नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गर्ने छ ।
त्यसैगरी, सभाले अन्य कुन संस्था प्राप्ति गर्ने तथा गाभिने लगायतको काम गर्न सञ्चालक समितिलाई पूर्ण रुपमा अख्तियारी दिने छ ।
सभामा जाने प्रयोजनको लागि संस्थाको फागुन ७ गतेदेखि फागुन १५ गतेसम्म बुक क्लोज हुने छ । यससँगै फागुन ६ गतेसम्म कायम सेयरधनी विशेष सभामा भाग लिन पाउने छन् ।