माछापुच्छ्रे बैंक र सरफ एक्सचेन्जबीच रेमिट्यान्स सेवा प्रवाहमा सहकार्य गर्ने सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले दुवईमा रहेका नेपालीहरु माझ आफ्नो सेवालाई अझै विस्तार गर्दै लैजाने क्रममा दुवई स्थित रेमिट्यान्स कम्पनी सरफ एक्सचेन्जसँग व्यवसायिक सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सरफ एक्सचेन्जको तर्फबाट महाप्रबन्धक सुरेश कुमार तथा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात अव दुवईमा रहेका नेपालीहरुले दुवईस्थित सरफ एक्सचेन्जका सम्पूर्ण शाखाबाट पठाएको रकम सजिलैसँग माछापुच्छ्रे बैंकका देशभर रहेका सम्पूर्ण शाखा तथा ७ हजार भन्दा बढि रेमिट्यान्स एजेन्ट मार्फत सजिल्यै भुक्तानी लिन सकिने छ । स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक पूर्वदेखि पश्चिम साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १५६ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३२१ स्थानमा रहेका सेवा सञ्जाल तथा १९७ वटा एटीएमहरु तथा करिब २ हजार भन्दा बढि पिओएस मार्फत ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ ।

नेप्सेमा ७ कम्पनीको सेयर कारोबार फकुवा, बिहीबारदेखि किनबेच गर्न पाइने (कुन कुनको)

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कारोबार रोक्का भएका विभिन्न ७ वटा कम्पनीको सेयर कारोबार फुकुवा गरिदिएको छ । गत आर्थिक वर्षको विवरण नबुझाएर कारोबार रोक्का भएका कम्पनी मध्ये ७ कम्पनीले बुझाएसँगै नेप्सेले सो कम्पनीको सेयर कारोबार फुकुवा गरिदिएको हो । नेप्सेले गत माघ २६ गते मात्रै विभिन्न ११ वटा कम्पनीको सेयर कारोबार रोक्का गरिदिएकाे थियो । जसमध्ये ७ कम्पनीले आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पेश गरेकोले उक्त कम्पनीको सेयर कारोबार फुकुवा गरिदिएको नेप्सेले जनाएको छ । जसमध्ये १ विकास बैंक, १ इन्स्योरेन्स, १ लघुवित्त र ४ हाइड्रो रहेका छन् । नेप्सेका अनुसार कर्णाली डेभलमपेन्ट बैंक, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी, नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, युनियन हाइड्रोपावर कम्पनी, पाँचथरपावर कम्पनी, युनिभर्सल पावर कम्पनी, र राधि विद्युत कम्पनीको दोश्रो बजार कारोबार फुकुवा भएको छ । यससँगै, यी कम्पनीको भोलि (माघ २९ गते) बिहीबारदेखि दोश्रो बजारमा कारोबार हुने छ र लगानीकर्ताले सेयर किनबेच गर्न पाउने भएका छन् ।

नेपाल लाइफको सीईओमा सन्तोष प्रसाई नियुक्त, सञ्चालकमा दुई जना निर्वाचित

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सन्तोष प्रसाई नियुक्त भएका छन् । माघ २७ गते मंगलबार बसेको कम्पनीको सञ्चालक समितिले इन्स्योरेन्सको कार्यवाहक सीईओ प्रसाईलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । संचालक समितिले प्रमुख कार्यकारी अधिकृतमा नियुक्ती स्वीकृतिको लागि बीमा समितिमा पठाउने निर्णय गरेको छ । सीईओमा उनको नियुक्तीसँगै कम्पनीले नयाँ उचाइ लिने सञ्चालक समितिको विश्वास रहेको छ । विगत साढे ३ वर्षदेखि नेपाल लाइफसँग आवद्ध रहेका प्रसाईले साउन १ गतेदेखि कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए । यसअघि पनि बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा ७ वर्ष लामो अनुभव सम्हालेका थिए । यससँगै, माघ २८ गते सम्पन्न इन्स्योरेन्सको सभाले सञ्चालक समितिमा २ जनालाई निर्विरोध निर्वाचित गरेको छ । सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक विमल प्रसाद ढकाल र कृष्णराज लामिछानेलाई निर्विरोध निर्वाचित गरेको हो । सम्बन्धित समाचार नेपाल लाइफले अंकित मूल्य ५० रुपैयाँ बनाउने निश्चित, पारित भयो ५१ प्रतिशत लाभांश