सबैको लघुवित्तको खुद नाफा २४ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य सूचक ?

<p>काठमाडौं । सबैको लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा २४.३६ प्रतिशत बढी कमाएको छ । कम्पनीले सार्वजनिक गरेको दोश्रो त्रैमासको वित्तीय विवरण अनुसार पुस मसान्तसम्ममा संस्थाले ३ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको हो । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ५९ लाख ६३ हजार रुपैयाँ बढी हो । गत वर्ष यस [&hellip;]</p>

काठमाडौं । सबैको लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा २४.३६ प्रतिशत बढी कमाएको छ । कम्पनीले सार्वजनिक गरेको दोश्रो त्रैमासको वित्तीय विवरण अनुसार पुस मसान्तसम्ममा संस्थाले ३ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको हो । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ५९ लाख ६३ हजार रुपैयाँ बढी हो । गत वर्ष यस कम्पनीले २ करोड ४४ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी घटेर १४ करोड ९७ लाख रुपैयाँमा र खुद खर्च पनि घटेर ७ करोड ८ लाख रुपैयाँ सीमित भएको छ । जुन अघिल्लो आवको सोहि अवधिमा क्रमशः १६ करोड ४ लाख रुपैयाँ र ९ करोड २८ लाख रुपैयाँ रहेको थियो ।

हाल संस्थाको चुक्ता पुँजी १८ करोड ६४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६ करोड ६३ लाख रुपैयाँ छ । जबकी अघिल्लो आवको पुस मसान्तसम्ममा संस्थाको जगेडा कोषमा ३ करोड ३५ लाख रुपैयाँ मात्रै थियो ।

संस्थाको निष्कृय कर्जा भने बढेर २.९४ प्रतिशत पुगेको छ । जुन गत वर्ष ०.८५ प्रतिशत रहेको थियो । त्यस्तै, सीडी रेसियो बढेर ३४५ प्रतिशत पुगेको छ ।

त्यस्तै, संस्थाको वार्षिक प्रतिसेयर आम्दानी ३२.६५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३५.५६ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १६०५ रुपैयाँ रहेको छ । यो अवधिमा संस्थाको मूल्य आम्दानी अनुपात भने ३४.५५ गुणा र तरलता अनुपा २७.०८ गुणा रहेको छ ।

Share News