इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्ने

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ति(एक्विजिशन) गर्ने भएको छ । सो सम्बन्धी दुई संस्थाबीच माघ २६ गते समझदारी पत्रमा हस्ताक्षर भएको हो । उक्त समझदारी पत्रमा इन्फिनिटी लघुवित्तको तर्फबाट बलराम विष्ट र नेपाल एग्रो लघुवित्तको तर्फबाट विवेक श्रेष्ठले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् । नवलपुरको गैनडाकोटमा केन्द्रीय कार्यालय रहेको इन्फिनिटी लघुवित्तले कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १८, विन्ध्यावासिनीमा केन्द्रीय कार्यालय रहेको नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्ने लागेको हो । नेपाल एग्रोको जिल्ला कार्यक्षेत्र १० वटा रहेको छ ।

शिवम् सिमेन्ट्सको नाफा १६ प्रतिशतले बढ्यो, प्रतिसेयर नेटवर्थ २०३ रूपैयाँ बढी

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले चालु आवको पहिलो ६ महिनामा खुद नाफा १६.१३ प्रतिशतले बढाएको छ । कम्पनीले गत आर्थिक वर्षको पुस मसान्तसम्मको तुलनामा चालु आवको सो अवधिमा सो मात्रा अर्थात ८ करोड १९ लाख रुपैयाँले नाफा बढाउन सफल भएको हो । कम्पनीले सार्वजनिक गरेको दोश्रो त्रैमासको अपरिष्किृत वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ५८ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकी कम्पनीले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ५० करोड ७७ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । समिक्षा अवधिमा कम्पनीले ४ अर्ब २९ करोड रुपैयाँ कुल आम्दानी गरेको छ । जसमध्ये बिक्री आम्दानी ४ अर्ब २५ करोड रुपैयाँ रहेको छ भने अन्य आम्दानी ३ करोड ४८ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले कुल ४ अर्ब ७० करोड रुपैयाँ आम्दानी गरेको थियो । त्यस्तै, कम्पनीको कुल खर्च घटेर ३ अर्ब ५८ करोड रुपैयाँमा झरेको छ । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २६.८० रुपैयाँ, प्रतिसेयर नेटवर्थ २०३.८३ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तीको मूल्य २८६.४४ रुपैयाँ रहेको छ ।

महालक्ष्मी लाईफ इन्स्योरेन्स तेश्राे वर्षमाः ल्यायाे नयाँ बीमा याेजना, आईपीओ जारी गर्दै

काठमाडाैं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले काराेबार सञ्चालन गरेकाे दुई वर्ष पुरा गरी तेश्राे वर्षमा प्रवेश गरेकाे छ । २०७५ माघ २७ गतेबाट बीमा कारोबार प्रारम्भ गरेको महालक्ष्मी लाईफ इन्स्योरेन्स नेपालको जीवन बीमा बजारमा सबैभन्दा कान्छो र उन्नाइसौं कम्पनी हाे । कम्पनीले दोस्रो वार्षिक उत्सवको अवसर पारेर आज (माघ २७ गते) कै मितिबाट बिक्री गर्ने गरी नयाँ मनि ब्याक बीमा योजना ‘महालक्ष्मी धनधान्य’ पोलिशी सञ्चालनमा ल्याएको छ । आर्थिक वर्ष २०७६/७७को वासलात नाफा नोक्सान हिसाब बीमा समितिबाट स्वीकृति पछि ६० करोड रूपैयाँको सेयर सर्वसाधारणमा जारी गर्ने गरी प्रकृया शुरू गरेको जानकारी गराएकाे छ । यस्ताे रह्याे कम्पनीकाे २ वर्ष कम्पनीले काराेबार शुरू गर्दा नौ वटा पुराना स्थापित कम्पनी र नौ वटा नयाँ कम्पनीहरूसंग प्रतिस्पर्धा गर्नु परेको थियो । कसैगरी व्यापार वृद्धि गरी आफूलाई अब्बल देखाउने होड र अस्वस्थ प्रतिस्पर्धाबीच स्वस्थ व्यापार गर्नु आफैमा ठूलो चुनौति कम्पनीलाई थियो । अर्को तर्फ कोभिड-१९को कारण लामो समयसम्म नसोचेको कठिनाई भोग्नु पर्‍यो । त्यस्तो प्रतिकूल परिस्थितिको बावजुद नियमक निकाय, संचालक समिति,कर्मचारी र अभिकर्ताहरूको सहयोग र प्रयासले कम्पनीले २ वर्षको अवधिमा ६२ वटा शाखा/उपशाखा स्थापना, १६१९० अभिकर्तालाई तालिम, नौ वटा प्रोडक्ट लञ्च, १६५ करोड रूपैयाँ बीमा शुल्क संकलन र २५६ करोड रूपैयाँ लगानी गर्न सफल भएको छ । स्थापनाको एक वर्षपछि नै कोरोना महामारीको कारण लक्ष्य अनुसार शाखा संजाल विस्तार, निरन्तर अभिकर्ता तालिम संचालन र व्यवसाय वृद्धि गर्न नसकेता पनि कम्पनीले आ.व २०७५/७६को पोलिशी बोनस न्यूनतम ५० रूपैयाँ ल्याई नयाँ कम्पनीहरू मध्येमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको जानकारी गराएकाे छ । नेपालमा बीमा कारोबार प्रतिको आमजनताको विश्वास वृद्धि गर्न कम्पनीले मितव्ययी तरिकाले ग्रामिण क्षेत्रमा बीमाको पहुच अझै विस्तार गर्ने, गुणात्मक कारोबारलाई जोड दिने, व्यवसायीक अभिकर्ता निर्माण गर्ने र प्रत्येक घरमा एउटा बीमा पुर्‍याउने लक्ष्य लिएर काम गर्ने बताएकाे छ । यस्ता छन् कम्पनीका भावी याेजना दुई वर्ष पार गरी तीन वर्षमा प्रवेश गरेकाे कम्पनीकाे विभिन्न भावी याेजना रहेकाे छ । कम्पनीले ग्रामिण क्षेत्रमा बीमा विस्तार, गुणात्मक बीमा काराेबार, व्यवसायिक अभिकर्ता निर्माण र प्रत्येक घरमा एउटा बीमा पुर्याउने कम्पनीकाे याेजना रहेकाे छ ।