जिएमइ रेमिट र इन्स्ट्यान्ट क्यासबीच रेमिट्यान्स सम्झाैता

<p>काठमाडाैं । विश्वको ख्याति प्राप्त रेमिट्यान्स कम्पनी इन्स्ट्यान्ट क्यास र जिएमइ रेमिटबीच रेमिट्यान्स सम्झौता भई कारोबार सुरु भएको छ । याेसँगैं अब युएई, कतार, ओमान, कुवेत, बहराइन लगायत विश्वका विभिन्न देशहरुमा रहेका नेपालीहरुले इन्स्ट्यान्ट क्यासको सेवा प्रयोग गरी जिएमइ रेमिटको माध्यमबाट सजिलैसँग नेपालमा रहेका आफ्ना आफन्तहरुलाई पैसा पठाउन सक्नेछन् । नेपालमा जिएमइ रेमिटसँग आवद्ध १५ हजारभन्दा [&hellip;]</p>

काठमाडाैं । विश्वको ख्याति प्राप्त रेमिट्यान्स कम्पनी इन्स्ट्यान्ट क्यास र जिएमइ रेमिटबीच रेमिट्यान्स सम्झौता भई कारोबार सुरु भएको छ ।

याेसँगैं अब युएई, कतार, ओमान, कुवेत, बहराइन लगायत विश्वका विभिन्न देशहरुमा रहेका नेपालीहरुले इन्स्ट्यान्ट क्यासको सेवा प्रयोग गरी जिएमइ रेमिटको माध्यमबाट सजिलैसँग नेपालमा रहेका आफ्ना आफन्तहरुलाई पैसा पठाउन सक्नेछन् ।

नेपालमा जिएमइ रेमिटसँग आवद्ध १५ हजारभन्दा बढी एजेन्टहरुबाट सजिलै नगद भुक्तानी लिन सकिनुकाे साथै नेपालको जुनसुकै बैंकको खातामा तुरुन्तै रकम झिक्न मिल्ने गरी जम्मा गर्न सकिन्छ । साथै यसमा मोबाईल वालेटमा समेत लोड गर्न सकिने सुविधा उपलब्ध छ ।

उक्त सम्झौतामा जिएमइ रेमिट प्रा.लि को तर्फबाट प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेल र इन्स्ट्यान्ट क्यास को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुल्तान अल महमूदले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

 

Share News