डिप्रोक्स लघुवित्तले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने, अध्यक्षमा दिपक खनाल चयन

काठमाडाै । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले गत वर्षको लाभांश घोषणा गरेको छ ।लघुवित्तले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । संस्थाको १९ औं वार्षिक साधराणसभाले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेकाे हो । हाल संस्थाकाे चुक्तापुँजी १ अर्ब ५४ लाख ३३ हजार ५७४.५१ रुपैयाँ रहेको छ । बोनस सेयर जारीपछि संस्थाको चुक्तापुँजी १ अर्व १५ करोड ६२ लाख पुग्नेछ । उक्त सभाले धादिङ जिल्ला गजुरीमा केन्द्रीय कार्यालय रहेको नाडेप लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने प्रारम्भिक समझदारीपत्र पनि अनुमोदन गरेको छ । यस्तै सभाले दीपक खनाललाई सर्वसम्मत सञ्चालक समितिको अध्यक्षमा चयन गरेको छ ।  

तीन कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्सेञ्ज(नेप्से)मा तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज(चैत २३ गते) बरुण हाइड्रोपावर कम्पनी, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी र ङादी ग्रुप पावरको एकैदिन बोनस सेयर सूचीकृत भएको हो । जसमध्ये बरुण हाइड्रोपावरको ५ प्रतिशत बोनस अर्थात १ लाख २७ हजार ५७५ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको ७.३७ प्रतिशत बोनस पछि ६ लाख १० हजार ९९८ कित्ता सेयर सूचीकृत भएको हो । ङादी ग्रुप पावरको १० प्रतिशत बोनस अर्थात ५ लाख ३५ हजार ५५४ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो । यससँगै यी तीन वटै कम्पनीको सेयर सम्बन्धित सेयरधनीको खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।

मुक्तिनाथ विकास बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

काठमाडौं । मुक्तिनाथ विकास बैंकको ऋणपत्र निष्काशन र बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त भएकाे छ । विकास बैंकले  ‘मुक्तिनाथ डिबेन्चर ऋणपत्र २०८४/८५’ निष्काशनको लागि उक्त क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेकाे हाे । बिक्री प्रबन्धक नियुक्त गर्ने सम्झौता-पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र सानिमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले हस्ताक्षर गरेका हुन् । बैंकले १ हजार अंकित दरका १२ लाख ५० हजार कित्ताले हुन आउने १ अर्ब २५ करोड रूपैयाँ बराबरकाे ऋणपत्र निष्काशन गर्न लागेकाे हाे । कूल १ अर्ब २५ करोडकाे ऋणपत्र मध्ये ६० प्रतिशत (अर्थात ७५ करोड) व्यक्तिगत तवर मार्फत् र ४० प्रतिशत ५० करोड) सर्वसाधारण लगानीकर्तालाई सार्वजनिक निष्काशन विधि मार्फत् निष्काशन गरिनेछ । अर्धवार्षिक रुपमा ब्याज प्रदान गरिने यस ऋणपत्रको अवधि ७ वर्षको हुनेछ । साथै, उक्त ऋणपत्र बिक्री तथा बाँडफाँड पश्चात नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकरण गरिने बैंकले जनाएकाे छ ।