काठमाडाै । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले गत वर्षको लाभांश घोषणा गरेको छ ।लघुवित्तले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
संस्थाको १९ औं वार्षिक साधराणसभाले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेकाे हो ।
हाल संस्थाकाे चुक्तापुँजी १ अर्ब ५४ लाख ३३ हजार ५७४.५१ रुपैयाँ रहेको छ । बोनस सेयर जारीपछि संस्थाको चुक्तापुँजी १ अर्व १५ करोड ६२ लाख पुग्नेछ ।
उक्त सभाले धादिङ जिल्ला गजुरीमा केन्द्रीय कार्यालय रहेको नाडेप लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने प्रारम्भिक समझदारीपत्र पनि अनुमोदन गरेको छ ।
यस्तै सभाले दीपक खनाललाई सर्वसम्मत सञ्चालक समितिको अध्यक्षमा चयन गरेको छ ।