काठमाडौं । मुक्तिनाथ विकास बैंकको ऋणपत्र निष्काशन र बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त भएकाे छ । विकास बैंकले ‘मुक्तिनाथ डिबेन्चर ऋणपत्र २०८४/८५’ निष्काशनको लागि उक्त क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेकाे हाे ।
बिक्री प्रबन्धक नियुक्त गर्ने सम्झौता-पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र सानिमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले हस्ताक्षर गरेका हुन् ।
बैंकले १ हजार अंकित दरका १२ लाख ५० हजार कित्ताले हुन आउने १ अर्ब २५ करोड रूपैयाँ बराबरकाे ऋणपत्र निष्काशन गर्न लागेकाे हाे ।
कूल १ अर्ब २५ करोडकाे ऋणपत्र मध्ये ६० प्रतिशत (अर्थात ७५ करोड) व्यक्तिगत तवर मार्फत् र ४० प्रतिशत ५० करोड) सर्वसाधारण लगानीकर्तालाई सार्वजनिक निष्काशन विधि मार्फत् निष्काशन गरिनेछ । अर्धवार्षिक रुपमा ब्याज प्रदान गरिने यस ऋणपत्रको अवधि ७ वर्षको हुनेछ ।
साथै, उक्त ऋणपत्र बिक्री तथा बाँडफाँड पश्चात नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकरण गरिने बैंकले जनाएकाे छ ।