रु रु जलविद्युतको आईपीओ भर्ने आज अन्तिम दिन, हालसम्म १४ लाख बढीले भरे सेयर
काठमाडौं । रु रु जलविद्युत परियोजनाको आईपीओमा १४ लाख ४२ हजार बढीले आवेदन दिएका छन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आज (चैत २४ गते) मंगलबार बिहानकाे ९:३० बजेसम्ममा सो मात्राको आवेदन परेको हो । क्यापिटलका अनुसार चैत २४ गते मंगलबार बिहानसम्ममा १४ लाख ४२ हजार ७४९ जना आवेदकले संस्थाको एक करोड ८६ लाख ९७ हजार ५७० कित्ता सेयर माग गरेका छन् । कम्पनीले चैत २० गतेदेखि सर्वसाधारणमा ४ लाख ७ हजार ७०६ कित्ता सेयरको बिक्री खुला गरेको हो । जसमध्ये २ प्रतिशत अर्थात ८ हजार १५४ कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात २० हजार ३८५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सार्वजनिक निष्काशनमा ल्याएको हो र सर्वसाधारणले उक्त सेयरको लागि आवेदन दिन पाउने छन् । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता सेयर निष्काशन गर्न लागेको हो । संस्थाले स्थानियमा भने अंकित मूल्य १०० रुपैयाँमै सेयर बिक्री गरेको थियो । सेयर खरिदका लागि इच्छुक सर्वसाधारणले आज(चैत २४) गतेसम्ममा आवेदन दिन पाउने छन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट तथा मेरो सेयरमार्फत पनि आवेदन दिन सक्नेछन् ।
प्रिमियर इन्स्योरेन्सकाे ११.०५ प्रतिशत लाभांश पारित
काठमाडाै । प्रिमियर इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ११.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । इन्स्योरेन्सकाे २९ औं वार्षिक साधराणसभाले सेयरधनीलाई ११.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हाे । सभामा संचालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष सूरेश लाल श्रेष्ठले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण प्रस्तूत गरेका थिए । कम्पनीले आ.व. २०७६/७७ मा कूल बीमा शूल्क १ अर्ब ६९ करोड ७ लाख ४५ हजार आर्जन गरी खूद मूनाफा ३६ करोड ९९ लाख ४४ हजार आर्जन गरेको छ । सभाले कम्पनीको स्वतन्त्र संचालकमा जेसमिन हाडा बज्राचार्य र समुह ‘ख’ अन्तर्गतको प्रतिनिधित्व गर्ने संचालक पदमा महेन्द्र बहादूर श्रेष्ठ नियूक्त गरेकाे छ ।
ज्योति लाईफ इन्स्योरेन्सका ग्राहकले ब्लु बर्ड इन्टरनेसनल क्लिनिक २० प्रतिशत छुट पाउने
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सका ग्राहकले काठमाडौंको त्रिपुरेश्वरमा रहेको ब्लु बर्ड इन्टरनेसनल क्लिनिक २० प्रतिशत छुट पाउने भएका छन् । सो सम्बन्धी दुई संस्थाबीच सम्झौता भएको हो । ज्योति लाइफ इन्स्योरेन्सले ब्लु बर्ड इन्टरनेसनल क्लिनिकसँग विभिन्न स्वास्थ्य परीक्षण, उपचार तथा बीमाका सेवामा साझेदारी गर्ने सम्बन्धमा सम्झौता गरेको छ । इन्स्योरेन्सले ग्राहकलाई बीमा सेवाका अतिरिक्त अन्य सेवासुविधा विस्तार गर्ने क्रममा उक्त क्लिनिकसँग सो सम्झौता गरेको हो । उक्त सम्झौतामा ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पुरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा सेयरधनीहरुलाई प्रदान गरिने बिशेष कार्ड ज्योति केयर्स कार्ड बाहक ग्राहक तथा निजका परिवारका सदस्यहरुले ब्लु बर्ड इन्टरनेसनल क्लिनिकमा बिभिन्न स्वास्थ्य परीक्षण तथा उपचार सेवामा ७ देखी २० प्रतिशतको छुट प्राप्त गर्नेछन् भने ज्योति लाईफले ब्लुबर्डका कर्मचारीको सामुहिक म्यादी जीवनको सेवा प्रदान गर्नेछ । साथै, ज्योति लाईफमा बीमा गर्न चाहने ग्राहकहरुको आवश्यक स्वास्थ्य परीक्षण समेत ब्लुबर्ड क्लिनिकमा गर्न सकिनेछ । यो सम्झौताबाट दुबै सेवा प्रदायक संस्थाका आन्तरिक तथा बाह्य ग्राहकले द्विपक्षिय लाभ लिन सकिने भएको छ । सम्झौतापत्रमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी प्रमुख प्रकाश बिक्रम खत्री तथा ब्लु बर्ड इन्टरनेसनल क्लिनिकका प्रबन्धक जीतेन्द्र कारन्जितले हस्ताक्षर गरेका थिए ।