काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रबद्र्धक तथा एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ‘एनआईबिएल सहभागिता फण्ड’ नामक खुलामुखी योजनाको लाभांश पुनः लगानी गर्न पाइने भएको छ ।
क्यापिटलले इकाईधनीहरुले आफुले प्राप्त गर्ने लाभांश (कर तथा निर्धारित कारोबार शूल्क कट्टी पछि) बराबरको रकमबाट यसै योजनाका थप इकाईहरु खरिद गर्न सक्ने व्यवस्था मिलाएको छ ।
साथै, चालु आर्थिक वर्ष वा आगामी आर्थिक वर्षहरुमा समेत वितरण गरिने लाभांशको दर्ता किताब बन्द हुने (बुक क्लोज) मितिका दिनसम्म लाभांश पुनः लगानी योजना अन्तर्गत नाम दर्ता गराउनु हुने इकाईधनीको लागि मात्र यो सुविधा प्राप्त गर्न योग्य हुने क्यापिटलले जानकारी गराएको छ ।
यो योजनामा दर्ता गर्ने यस्तो छ प्रकृया
लाभांश पुन: लगानी योजनामा एनआईबिएल एस क्यापिटल लिमिटेडका सम्पूर्ण शाखाहरु तथा तोकिएका वितरकहरु मार्फत फाराम भरी योग्य इकाईधनीहरुले आफ्नो नाम दर्ता गराउन सक्ने छन् ।
त्यस्तै, योग्य इकाईधनीहरुले अनलाईन लिंक मा गई लाभांश पुनः लगानी योजना दर्ता फाराम मार्फत आफ्नो सम्पूर्ण विवरण भरी नाम दर्ता गराउन सक्नेछन् ।
त्यसैगरी, आफ्नो हितग्राहि खातामा रहेको ईमेल ठेगाना मार्फत ईमेल विषयमा लाभांश पुन-लगानी योजना उल्लेख गरी इकाईधनीको पुरा नाम, इकाईधनीको हितग्राही खाता नम्बर र इकाईधनीको सम्पर्क नम्बर उल्लेख गरी ईमेल ठेगाना मा पठाउन सकिने क्यापिटलले जनाएको छ ।