काठमाडौं । रु रु जलविद्युत परियोजनाको आईपीओमा १४ लाख ४२ हजार बढीले आवेदन दिएका छन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आज (चैत २४ गते) मंगलबार बिहानकाे ९:३० बजेसम्ममा सो मात्राको आवेदन परेको हो ।
क्यापिटलका अनुसार चैत २४ गते मंगलबार बिहानसम्ममा १४ लाख ४२ हजार ७४९ जना आवेदकले संस्थाको एक करोड ८६ लाख ९७ हजार ५७० कित्ता सेयर माग गरेका छन् ।
कम्पनीले चैत २० गतेदेखि सर्वसाधारणमा ४ लाख ७ हजार ७०६ कित्ता सेयरको बिक्री खुला गरेको हो । जसमध्ये २ प्रतिशत अर्थात ८ हजार १५४ कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात २० हजार ३८५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सार्वजनिक निष्काशनमा ल्याएको हो र सर्वसाधारणले उक्त सेयरको लागि आवेदन दिन पाउने छन् ।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता सेयर निष्काशन गर्न लागेको हो । संस्थाले स्थानियमा भने अंकित मूल्य १०० रुपैयाँमै सेयर बिक्री गरेको थियो ।
सेयर खरिदका लागि इच्छुक सर्वसाधारणले आज(चैत २४) गतेसम्ममा आवेदन दिन पाउने छन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट तथा मेरो सेयरमार्फत पनि आवेदन दिन सक्नेछन् ।