रिलायन्स लाइफले ल्यायो रिलायन्स वार्षिक धन वर्षा जीवन बीमा योजना

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लि. ले “रिलायन्स वार्षिक धन वर्षा जीवन बीमा योजना” सार्वजनिक गरेको छ । सो बीमा योजना अन्तर्गत बिमितलाई प्रत्येक वर्ष बीमा लेखको वार्षिकोत्सव मितिमा बीमाङ्कको ५ (पाँच) प्रतिशत रकम भुक्तान गरिने कम्पनीले जनाएको छ । उक्त व्यवस्थाले बिमितको नियमित नगद प्रवाहको आवश्यकता पूरा गर्नुका साथै पूर्ण बीमाङ्क रकम बराबरको रक्षावरण समेत प्रदान गर्न कम्पनीको भनाई छ । यो योजना बिमितले १५ वा २० वर्षको अवधिका लागि लिन सक्ने जानकारी कम्पनीले दिएको छ । १५ वर्षको बीमा अवधिको समाप्तिमा बिमितलाई अग्रिम बार्षिक रुपमा भुक्तानी गरिएको रकम घटाई बाँकी रहेको बीमाङ्क रकम र आर्जित बोनस प्रदान गरिनेछ भने २० वर्षको बीमा अवधिको समाप्तिमा अग्रिम बार्षिक रुपमा भुक्तानी गरिएको रकम घटाई बाँकी बीमाङ्क रकम, आर्जित बोनस र बीमाङ्क रकमको १० प्रतिशत थप रकम (एक पटकको लागि मात्र) प्रदान गरिनेछ । यस योजनामा कथंकदाचित बीमा अवधिमा बिमितको मृत्यु भएमा इच्छाइएको व्यक्तिलाई बीमाङ्क रकम र आर्जित बोनस प्रदान गरिने कम्पनीले जनाएको छ । यो योजना १८ देखि ५५ वर्ष उमेरका ग्राहकले लिन सक्नेछन् । यो योजना अन्तर्गत न्यूनतम बीमाङ्क रकम रु. १ लाख कायम गरिएको छ । यो योजना संगै बिमितले थप न्यूनतम बीमाशुल्क भुक्तानीमा दुर्घटना मृत्यु सुविधा, स्थायी अशक्तता र बीमा शुल्क मिनाहा जस्ता अतिरिक्त सुविधाहरु पनि लिन सक्नेछन् ।

आइएमई जनरल इन्स्योरेन्स बेष्ट इम्प्लोएर अवार्ड २०२१बाट सम्मानित

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडलाई वल्ड एचआरडी कंग्रेसले एशियाज बेष्ट इम्प्लोएर ब्राण्ड अवार्ड २०२१ बाट सम्मानित गरेको छ । गत साता भच्यूअल कार्यक्रमको माध्यमबाट भएको एक कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले उक्त सम्मान ग्रहण गरेका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले उक्त अवार्डबाट सम्मानित गरेकोमा इम्प्लोएर ब्राण्डिङ इन्टिच्यूट तथा वल्ड एचआरडी कंग्रेसप्रति आभार व्यक्त गरे । यो अवार्ड प्राप्त गर्नमा कम्पनीलाई ग्राहक वर्ग, कर्मचारी, सेयरधनी, नियामक सबैको ठूलो भूमिको रहेको उनले बताए । प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले यस सम्मानबाट कम्पनीको व्यवस्थापन समूहलाई थप हौसला प्राप्त भएको बताए । उनले आगामी दिनमा आफ्नो सेवालाई डिजिटल माध्यमबाट समेत सहज र सरल रुपमा सेवा प्रदान गर्दै जाने बताए ।

ग्लोबल आइएमई क्यापिटलमा २५०० धरौटी राख्दा आजिवन विशेष सुविधा

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले दशैं र तिहारलाई लक्षित गर्दै ग्लोबल आइएमई बैंक र ग्लोबल आइएमई क्यापिटल मार्फत डिम्याट र मेरो सेयर खाता खोलेका ग्राहकको लागि आकर्षक सेवा ल्याएको छ । कम्पनीले सो ग्राहकलाई २५०० धरौटीमा डिम्याट र मेरो सेयर नविकरण गर्दा आजिवन विशेष सुविधा तथा नयाँ खाता खोल्नेलाई डिम्याट र मेरो सेयर निशुल्क खोल्ने सुविधा दिनेछ । उक्त धरौटी रकम ५ वर्षपछि फिर्ता पांइनेछ भने मंसिरमसान्तसम्म यो योजनामा आवद्ध भए पिएमएस सेवामा ५० प्रतिशत छुट पाइनेछ । यसका साथै एक वर्षसम्म नेप्सेको सेक्टोरियल टेक्निकल एन्यलाइसिस रिपोर्ट नि:शुल्क, ५ लाखको दुर्घट्ना बीमा र परिवारको एक सदस्या आवद्ध भए अन्य १ हजारमा आवद्ध हुनसक्ने कम्पनीले जनाएको छ ।