मनकामना स्मार्ट लघुवित्तले १७ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । हालै आईपीओ जारी गरेको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले १७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कार्त्तिक १६ गते बिहान बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई सो मात्राको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुुक्ता पुँजीको सो मात्राको लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीलाई वितरण गरिने छ । साविक मनकामना लघुवित्त वित्तीय संस्था र साविक स्मार्ट लघुवित्त वित्तीय संस्थाबीच मर्जर कार्य सम्पन्न भई एकीकृत कारोबार गरेकाले घोषित लाभांशमा कर छुटको व्यवस्था रहेको छ । सोहि कारण संस्थाले कर प्रयोजनको नगद लाभांश नछुट्याएको जानकारी गराएको छ । हाल संस्थाको चुक्ता पुँजी १२ करोड ११ लाख रुपैयाँ रहेको छ । १७ प्रतिशत बोनस सेयर पश्चात संस्थाको चुक्ता पुँजी १४ करोड रुपैयाँ नाघ्ने छ ।

सेलपे कार्टबाट सामान किन्दा २५०० सम्म क्यासब्याक पाइने

काठमाडौं । सेलपेले तिहारलाई लक्षित गर्दै क्यासब्याक याेजना ल्यएकाे छ । यस योजना अन्तर्गत सेलपेका ग्राहकहरुले सेलपे कार्टबाट सामान खरिद गरेमा ५ प्रतिशत (२५००) सम्मको क्यासब्याक पाउनेछन् । ग्राहकले ५ प्रतिशत अथवा (२५००) सम्मको क्यासब्याक पाउनका लागि चेकआउट गर्दा कुपन कोड tihar राखी चेकआउट गर्नुपर्ने छ । यो योजना यही कार्तिक १५ गतेदेखि कार्तिक २० गतेसम्म लागु हुने छ । सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ ।

समता घरेलु लघुवित्तका सेयरधनीलाई २५ प्रतिशत लाभांश, कर नलाग्ने

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको २० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी कूल २५ प्रतिशत लाभांश घोषणा गरेको हो । कार्त्तिक १५ गते सम्पन्न संस्थाको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउनेछन् । हाल संस्थाको चुक्ता पुँजी २८ करोड ५३ लाख रुपैयाँ रहेको छ । २० प्रतिशत बोनस सेयर पश्चात संस्थाको चुक्ता पुँजी ३५ करोड ७० लाख रुपैयाँ नाघ्ने छ । साथै, साविक समता लघुवित्त र साविक घरेलु लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्पन्न भई गत बैशाख २ गतेदेखि एकीकृत कारोबार भएकोले घोषित लाभांशमा कर नलाग्ने प्रबन्धक तथा कम्पनी सचिव विश्वराज श्रेष्ठले जानकारी गराएका छन् ।