अरुण काबेलीको शतप्रतिशत हकप्रद नबिल इन्भेष्टमेन्टले जारी गर्ने

काठमाडौं । अरुण काबेली पावरको हकप्रद सेयर नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले जारी गर्ने भएको छ । कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्टलाई नियुक्त गरेको हो । उक्त नियुक्ति सम्बन्धी कम्पनी र नबिल इन्भेष्टमेन्टबीच सम्झौता भएको छ । कम्पनीले ५.७१ प्रतिशत बोनस सेयर पश्चात कायम हुने चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो । मंसिर २२ गते सम्पन्न कम्पनीको १० औं वार्षिक साधारणसभाले सेयरधनीहरूलाई ५.७१ प्रतिशत बोनस सेयर र ०.२९ प्रतिशत नगदसहित शतप्रतिशत हकप्रद सेयर पारित गरेको हो । अरुण काबेलीले मेची अञ्चलको पाँचथर र ताप्लेजुङ जिल्लाबीच भई बहने काबेली नदीमा २५ मेगावाट क्षमताको काबेली बि-१ जलविद्युत आयोजनाको निर्माण पुरा गरी २०७६ कार्त्तिक २३ गतेदेखि व्यवसायिक उत्पादन गरिरहेको छ ।

यी हुन् तिहार भित्रै सेयरधनीलाई लाभांश दिने ७ बैंक वित्तीय संस्था, कुनले कति दियो ?

काठमाडौं । यो वर्षको दशैंमा कुनै पनि बैंक तथा वित्तीय संस्थाका सेयरधनीले लाभांश पाएनन् । अघिल्ला वर्षहरुमा दशैं तथा तिहारको समयमा अधिकांश बैंक तथा वित्तीय संस्थाका सेयरधनीहरुले लाभांश पाउने गरेको भएपनि यो वर्ष भने कुनैले पनि दिन सकेनन् । दशैंको समयमा ससेयरधनीलाई लाभांश दिन नसके पनि तिहारमा भने केही बैंक तथा वित्तीय संस्थाहरुले सेयरधनीलाई लाभांश दिने तयारी गरेका हुन् । कतिपय बैंक तथा वित्तीय संस्थाले वार्षिक साधारणसभा गरेर पनि लाभांश पारित गरिसकेका छन् भने कतिले साधारणसभा गरेर सेयरधनीलाई लाभांश लिने तयारी गरिरहेका छन् । गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्नका लागि हालसम्म वाणिज्य बैंकहरुमा सानिमा बैंक, सिटिजन्स बैंक इन्टरनेशनल र कुमारी बैंकले साधारणसभा गरिसेकका छन् । सानिमा बैंकले कात्तिक १४ गते, कुमारी बैंक र सिटिजन्स बैंक इन्टरनेशनलले हिजो अर्थात कात्तिक १६ गते साधारणसभा आयोजना गरेर लाभांश वितरण गर्ने प्रक्रियामा गइसकेका छन् । सिटिजन्स बैंक इन्टरनेशनले गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.९१३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.०८७ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यस्तै, सानिमा बैंकले आफ्ना शेयरधनीलाई १७ प्रतिशतका दरले बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ । कात्तिक १४ गते बैंकको १७ औं साधारणसभाले हालको चुक्ता पुँजीको १७ प्रतिशतका दरले हुने एक अर्ब ६४ करोड ५८ लाख ५८ हजार २ सय ४४ रुपैयाँबराबरको बोनस शेयर वितरण गर्ने संचालक समितको प्रस्ताव स्वीकृत गरेको हो । कुमारी बैंक पनि सेयरधनीलाई लाभांश वितरण गर्ने प्रक्रिया अगाडि बढेको हो । कुमारी बैंकले सेयरधनीलाई गत आर्थिक वर्ष २०७७÷७८ को सञ्चित मुनाफाबाट चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.६७ प्रतिशत नगद गरी कुल ८.६७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साँग्रिला विकास बैंकले पनि साधारणसभा गरिसकेको छ । बैंकको हिजो अर्थात कार्तिक १६ गते वार्षिक साधारणसभा भएको हो । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । यस्तै, साधना, डिप्रोक्स, अभियान लघुवित्तले पनि साधारणसभा गरिसकेका छन् । ७ वटा बैंक तथा वित्तीय संस्थाले तिहार भित्रै सेयरधनीलाई लाभांश वितरण गरिसक्नेछन् । यस्तै, माछापुच्छ«े बैंक, नेपाल बंगलादेश बैंकले पनि साधारणसभाको आव्हान गरिसकेका छन् । माछापुच्छ्रे बैंकले कात्तिक २६ गते साधारणसभा बोलाएको छ । नेपाल बैगलादेशले पनि मंसिर २ गतेका लागि साधारणसभा डाकेको छ । बैंकको साधारणसभाले साढे १५ प्रतिशत लाभांश प्रस्ताव अनुमोदन गर्नेछ । बैंकले १२ प्रतिशत बोन सेयर र बाँकी साढे ३ प्रतिशत नगद लाभांश दिने कम्पनीले घोषणा गरेको छ । यस्तै, विकास बैंकहरुमा कामना सेवा विकास बैंक र साँग्रिला विकास बैंकले पनि साधारणसभाको आव्हान गरिसकेको छ । बैंकले कात्तिक २३ गते साधारणसभा बोलाएको छ । बैंक्ले गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १८.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९७ प्रतिशत नगद गरी कुल १९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सिटिजन्स बैंककाे १६ प्रतिशत लाभांश पारित

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलकाे १६ प्रतिशत प्रतिशत लाभांश पारित भएको छ । बैंकको संचालक समितीको मंगलबार सम्पन्न भएको १५ औं वार्षिक साधरणसभाले उक्त लाभांश पारित गरेको हो । यससँगै सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १२ प्रतिशत बोनस शेयर र ३.०८७ प्रतिशत नगद लाभांश पाउने छन् । बोनस शेयर वितरणपछि बैकको चुँक्ता पुजी १४ अर्ब २० करोड पुगेको छ। साथै सोही साधरणसभाले सर्वसाधारणको तर्फबाट प्रकाश चन्द्र मैनाली र विजय ध्वज कार्कीलाई संचालक समितिमा निर्विरोध निर्वाचित गरेको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिक सम्ममा करिव १ खर्ब ४६ अर्ब निक्षेप संकलन गरेको छ भने १ खर्ब ३३ अर्ब ऋण प्रवाह गरेको छ । यस बैंकले सोहि अवधि भित्र ६९ करोड खुद मुनाफा आर्जन गरेको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा ए।टि।एम। र ११२ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १२ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।