काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलकाे १६ प्रतिशत प्रतिशत लाभांश पारित भएको छ । बैंकको संचालक समितीको मंगलबार सम्पन्न भएको १५ औं वार्षिक साधरणसभाले उक्त लाभांश पारित गरेको हो ।
यससँगै सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १२ प्रतिशत बोनस शेयर र ३.०८७ प्रतिशत नगद लाभांश पाउने छन् । बोनस शेयर वितरणपछि बैकको चुँक्ता पुजी १४ अर्ब २० करोड पुगेको छ।
साथै सोही साधरणसभाले सर्वसाधारणको तर्फबाट प्रकाश चन्द्र मैनाली र विजय ध्वज कार्कीलाई संचालक समितिमा निर्विरोध निर्वाचित गरेको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिक सम्ममा करिव १ खर्ब ४६ अर्ब निक्षेप संकलन गरेको छ भने १ खर्ब ३३ अर्ब ऋण प्रवाह गरेको छ । यस बैंकले सोहि अवधि भित्र ६९ करोड खुद मुनाफा आर्जन गरेको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा ए।टि।एम। र ११२ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १२ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।