मेगा बैंकले घोषणा गर्यो लाभांश, चुक्ता पुँजी १६ अर्ब नाघ्ने
काठमाडौं । मेगा बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । कार्त्तिक २३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई १२.०७ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो । बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको सो मात्राको अर्थात एक अर्ब ७६ करोड रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले नगद लाभांश भने प्रस्ताव गरेको छैन । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । प्रस्तावित बोनस सेयर पश्चात बैंकको चुक्ता पुँजी १६ अर्ब ४१ करोड रुपैयाँ नाघ्ने छ ।
नेप्से घट्दा कारोबार बढ्यो, तीन कम्पनीमा लाग्यो सकारात्मक सर्किट
काठमाडौं । मंगलबारको बजार कारोबार शुरु भएदेखि न ओरालो लागेको थियो । कारोबार खुलेदेखि नै आरोलोको यात्रा तय गरेको बजार अन्त्यसम्म निरन्तर रुपमा घट्यो । सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.८२ प्रतिशत अर्थात ७९.७९ बिन्दुले घटेर २७४९.८६ बिन्दुमा झरेको छ । बजारमा परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ४ अर्ब ४२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा आज ६ अर्ब ५२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा २ अर्ब १० करोड रुपैयाँले बढी हो । बजारमा २२५ वटा स्क्रिप्टहरुको कारोबार भएको थियो । जसमध्ये नबिल बैंकको उच्च कारोबार भएको छ । बैंकको एकैदिन २९ करोड ८२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । कारोबार बढेको बैंकको सेयर मूल्य भने घटेर प्रतिकित्ता १५७९ रुपैयाँमा झरेको छ । त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो स्थानमा साहस उर्जा रहेको छ । कम्पनीको २५ करोड ७९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य बढेर प्रतिकित्ता ७१७ रुपैयाँ पुगेको छ । उच्च अंकले घटेको बजारमा पनि तीन कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । मानुषी लघुवित्त वित्तीय संस्था, साहस उर्जा र तेह्रथुम पावरको सेयर मूल्य ९.९९ प्रतिशतले नै बढेको छ । मूल्य बढेसँगै, मानुषीको प्रतिकित्ता ८४४.३० रुपैयाँ, साहसको ७१७.७० रुपैयाँ र तेह्रथुमको प्रतिकित्ता ३६३.२० रुपैयाँ पुगेको छ । मंगलबार कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । जसमध्ये सबैभन्दा बढी निर्जीवन बीमा समूह घटेको छ । दुई संस्थाको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आईसीएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकको सेयर मूल्य १० प्रतिशतले घटेको हो । सोमबार बढेर सकारात्मक सर्किट लागेको यी दुई संस्थाको सेयरमा आज नकारात्मक सर्किट लागेको छ । यससँगै आईसीएफसी फाइनान्सको सेयर मूल्य १०६.३० रुपैयाँले घटेर ९५६.७० रुपैयाँ र महालक्ष्मी विकास बैंकको सेयर मूल्य ८८ रुपैयाँले घटेर प्रतिकित्ता ७९३ रुपैयाँमा झरेको छ । ६१ अंकले घट्यो नेप्से, आईसीएफसी र महालक्ष्मीको सेयरमा लाग्यो नकारात्मक सर्किट
गुराँस लघुवित्तकाे १७.७८ प्रतिशत लाभांश पारित
काठमाडाैं । गुराँस लघुवित्त वित्तीय संस्थाकाे प्रस्तावित १७.७८ प्रतिशत लाभांश स्वीकृत भएकाे छ । संस्थाकाे छैठौं वार्षिक साधारण सभाले उक्त लाभांश स्वीकृत भएकाे हाे । संस्थाका अध्यक्ष उदयनारायण बरालको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाले आर्थिक वर्ष ७७/७८ सम्मको मुनाफाबाट चुक्ता पुँजी ८ कराेड ३४, लाखको ०.८८ प्रतिशत नगद लाभांश र १६.९० प्रतिशत बोनश शेयर गरी १७.७८ प्रतिशत लाभांश स्वीकृत गरेकाे हाे । साथै सभाले आर्थिक वर्ष ७७/७८ को संचालक समितिको प्रतिवेदन, लेखापरीक्षण भएको आ.व. ७७।७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित वित्तीय विवरणहरु तथा संस्थाको प्रबन्धपत्र तथा नियमावलीका विभिन्न दफाहरु संशोधनको प्रस्ताव समेत पारित गर्नुका साथै आ.व. ७८/७९ का लागि लेखापरिक्षक नियुक्ती समेत गरेको छ । उक्त साधारण सभाले संस्थापक समूह ‘क’ अन्तर्गत रिक्त रहेका ४ जना संचालकहरुमा उदयनारायण बराल, अशोक गौतम, राजु प्रसाद अधिकारी र विजय कुमार दाहाललाई निर्विरोध निर्वाचित गरेको छ ।