प्रोग्रेशिभ फाइनान्सकाे शाखा खिचापोखरीमा

<p>काठमाडौं । प्रोग्रेशिभ फाइनान्सले काठमाडौंको न्यूरोडमा रहेको मुख्य शाखा कार्यालयलाई खिचापोखरीमा स्थानान्तरण गरी कारोबार सुरु गरेको छ । स्थानान्तरण गरिएको उक्त शाखा कार्यालयबाट वित्तीय संस्थाका अध्यक्ष किशोर कुमार महर्जनले कारोबार सुरु गरेका हुन् । एटीएम, मोबाइल बैंकिङ, इ बैंकिङ, आइपीएस, कनेक्ट आइपीएस, सी आस्वा लगायत प्रविधिमा आधारित आधुनिक डीजीटल बैकिङ तथा रेमिटान्स सेवाहरुको उपलब्धता रहेको [&hellip;]</p>

काठमाडौं । प्रोग्रेशिभ फाइनान्सले काठमाडौंको न्यूरोडमा रहेको मुख्य शाखा कार्यालयलाई खिचापोखरीमा स्थानान्तरण गरी कारोबार सुरु गरेको छ ।

स्थानान्तरण गरिएको उक्त शाखा कार्यालयबाट वित्तीय संस्थाका अध्यक्ष किशोर कुमार महर्जनले कारोबार सुरु गरेका हुन् ।

एटीएम, मोबाइल बैंकिङ, इ बैंकिङ, आइपीएस, कनेक्ट आइपीएस, सी आस्वा लगायत प्रविधिमा आधारित आधुनिक डीजीटल बैकिङ तथा रेमिटान्स सेवाहरुको उपलब्धता रहेको यस प्रोग्रेशिभ फाइनान्सले छिटै शाखारहित बैकिङ सेवा सञ्चालन गर्ने योजना अघि बढाएको जानकारी दिएको छ ।

फाइनान्सले हाल १६ शाखा कार्यालय तथा ५ वटा विस्तारित काउण्टरहरु मार्फत वित्तीय सेवाहरु प्रवाह गरिरहेको छ ।

Share News