साधना लघुवित्तले कर्मचारीलाई दियो व्यापार प्रवर्धन तालिम
काठमाडौं । साधना लघुवित्त वित्तिय संस्थाले प्रदेश नं १ र २ मा रहेका शाखा कार्यालयका सहायक कर्मचारीहरुलाई व्यापार प्रवर्धन तथा क्षमता निर्माण तालिम दिएकाे छ । संस्थाले दुई चरण गरी कर्मचारीहरुलाई तालिम दिएकाे हाे । प्रथम चरण अन्तर्गत बारा, पर्सा, रौतहट र सर्लाही जिल्लामा अवस्थित शाखा कार्यालयको कर्मचारीहरुलाई र दोस्रो चरण अन्तर्गत महोतरी, धनुषा,सिराहा, सप्तरी र सुनसरी जिल्लामा अवस्थित शाखा कार्यालयहरुमा कार्यरत फिल्ड कर्मचारी र शाखा प्रमुखहरुलाई तालिम दिएकाे थियो । तालिम कार्यक्रममा कर्मचारीहरुको क्षमता अभिवृद्धि, फिल्डमा हाल देखिएका समस्या तथा सामाधानको उपायहरु, व्यवशाय प्रवद्र्धन गर्ने तरिकाहरुको साथै लेखासंग सम्बन्धित अन्य बिषयहरुमा संस्थाको केन्द्रीय कार्यालयबाट नायब महाप्रबन्धक सिताराम पंडित, सहायक महाप्रबन्धक सरिता ढकाल र लेखा तथा योजना विभागका विभागीय प्रमुख रुपेश झाले उल्लेखित विषयहरुमा सहभागीहरुलाई प्रशिक्षण दिएका थिए । संस्थाले हाल सम्ममा हिमाल, पहाड र तराईका गरी ९३ वटा शाखा कार्यालयहरु मार्फत संस्थाको पहुच ३१ वटा जिल्लाका ८६ हजार भन्दा बढी विपन्न परिवारमा पुगेको छ र हालसम्म संस्थाको लगानीमा रहेको कर्जा ४ अर्ब ४० करोड र १ अर्बभन्दा बढी बचत सदस्यहरुबाट संकलन गर्न सफल भएको छ ।
घलेम्दी हाईड्रोले डाक्यो साधारणसभा, छैन लाभांश प्रस्ताव
काठमाडौं । घलेम्दी हाईड्रोले आगामी पुस १६ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । संस्थाले सो दिन बिहान ११ बजे काठमाडौंको नयाँ बजारस्थित सासा ब्याङ्गकेटमा आठौं वार्षिक साधारणसभा बोलाएको हो । सभाले आर्थिक वर्ष २०७७र७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्दै छ । त्यस्तै, चालु आर्थिक वर्षको लेखापरीक्षको लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सञ्चालक समितिको सामान्य प्रस्ताव रहेको छ । संस्थाले यो वर्ष सेयरधनीलाई लाभांश वितरण गर्ने कुनै प्रस्ताव गरेको छैन । सभामा जाने प्रयोजनको लागि संस्थाको पुस ५ गतेदेखि पुस १६ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।
सम्पत्ति बीमा गर्दा ५० प्रतिशत अनुदान काठमाडौं महानगरले दिने
काठमाडौं । काठमाडौं महानगरपालिकाले सम्पत्ति कर बुझाएकाहरू महानगरबासीको घरको बीमा गर्न अनुदान दिने भएको छ । सर्वसाधारणको सम्पत्तिलाई बीमाको दायरामा ल्याउन र सम्पत्ति कर तिर्नको लागि प्रोत्साहन गर्न यस्तो कार्यक्रम ल्याइएको हो । चालु आर्थिक वर्षदेखि काठमाडौं महानगरले सम्पत्ति कर तिर्ने करदातालाई घरबीमा गर्दा लाग्ने बीमा शुल्कमा ५० प्रतिशत अनुदान दिन लागेको हो । सबै कर दाताहरूलाई करको दायरामा ल्याउने र सम्पत्ति बीमा सम्बन्धी जनचेतना अभिबृद्धि गर्ने उदेश्यले यस्तो कार्यक्रम ल्याइएको महानगरका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए । काठमाडौं महानगरका स्थायी बासिन्दा र सम्पत्ति कर तिरेका व्यक्तिहरुले यस्तो सुविधा पाउने छन् । बीमा क्षेत्रको नियामक निकायले सम्पत्ति बीमा सम्बन्धी सचेतना अभिबृद्धि गर्ने प्रदेशदेखि स्थानीय तहसम्म विभिन्न चरणका कार्यक्रम तथा छलफल गरिरहेको छ । समितिले काठमाडौं महानगरसँग पनि सम्पत्ति बीमा कार्यक्रम लागू गर्न गराउनको लागि केही वर्षदेखि नै छलफल गरिरहेको थियो । महानगरपालिकाले कर सहभागिता बढाउन र बीमा सम्बन्धी सचेतना अभिबृद्धि गर्न यस्तो कार्यक्रम ल्याइएको जानकारी दियो । कति लाग्छ शुल्क ? बीमा समितिले २०७५ सालमा सम्पत्ति बीमा निर्देशिका जारी गरेको छ । सो निर्देशिकाका अनुसार १ करोड रुपैयाँसम्मको घरको अतिसामान्य जोखिमको रक्षावरण गर्नको लागि बीमा गर्न प्रतिहजार रुपैयाँमा ५० पैसा बीमा शुल्क लाग्छ । यो भनेको १ करोड रुपैयाँ मूल्य बराबरको घरको बीमा गराउन ५ हजार रुपैयाँ बीमा शुल्क लाग्छ । यस्तो बीमा शुल्क एक वर्षका लागि हो । बीमा गरिएको घर लगायत सम्पत्तिमा बीमा अवधि बाँकी रहेको एक वर्षभित्रमा क्षति पुगे बीमा कम्पनीहरुले क्षतिपूर्ति दिन्छन् । सो अवधिमा कुनै क्षति भएन भने अर्काे वर्षको लागि फेरि शुल्क तिरेर बीमा गराउनु पर्छ । बीमा कम्पनीलाई तिर्नुपर्ने बीमा शुल्कमा ५० प्रतिशत महानगरले दिने भएपछि घरधनीले १ करोड रुपैयाँ मूल्य बराबरको बीमा गराउन २५ सय रुपैयाँ तिरे पुग्छ । कस्तो कस्तो क्षतिमा दाबी पाइन्छ ? सम्पत्ति बीमा निर्देशिकाका अनुसार सम्पत्ति बीमा गराएपछि विभिन्न प्रकारबाट हुने क्षतिको क्षतिपूर्ति पाइन्छ । यसमा आगलागी वा आगोको कारणबाट हुने क्षति, हाहाहुरी लगायत हावाजन्य कारणबाट हुने क्षति, बाढी, डुवान, असिना झरी वर्षा लगायत पानीजन्य कारणबाट भएको क्षति, पहिरो, जमिन भासिने लगायत खस्ने वा भासिने कारणबाट हुने क्षति, चट्याङको कारणले हुने क्षति, विस्फोटको कारणले हुने क्षति, आकाशीय सामग्रीजन्य क्षति, धक्का दिएर, छोएर, लडेर वा लागेर हुने क्षति, स्वजलनबाट हुने क्षति, हुलदंगा तथा आतंकबादजन्य कारणले भएको क्षति र मिसाइल टेस्टिङ अपरेसनका कारणले भएको क्षतिमा क्षतिपूर्ति पाइन्छ ।