इसेवाको चाडवाड योजनामा स्विडेनका शर्माले जिते होन्डा डिओ स्कुटी

<p>काठमाडौं । इसेवा मनि ट्रान्सफरले चाडपर्वलाई लक्षित गर्दै ल्याएको चाडपर्वको बहार दिनदिनै उपहार योजना अन्तर्गत बम्पर उपहार विजेतालाई होन्डा डिओ स्कुटी हस्तान्तरण गरेको छ । यस योजना अन्तर्गत, विदेशबाट इसेवामनी ट्रान्सफर मार्फत पैसा पठाएका हजारौं मध्ये गोलाप्रथाद्वारा स्विडेनमा बसोबास गर्दै आएका ‘पूर्ण प्रसाद शर्मा’ विजेता घोषणा भएका थिए । शर्माले रेमिट्लीबाट इसेवामनी ट्रान्सफर मार्फत नेपालमा पैसा [&hellip;]</p>

काठमाडौं । इसेवा मनि ट्रान्सफरले चाडपर्वलाई लक्षित गर्दै ल्याएको चाडपर्वको बहार दिनदिनै उपहार योजना अन्तर्गत बम्पर उपहार विजेतालाई होन्डा डिओ स्कुटी हस्तान्तरण गरेको छ ।

यस योजना अन्तर्गत, विदेशबाट इसेवामनी ट्रान्सफर मार्फत पैसा पठाएका हजारौं मध्ये गोलाप्रथाद्वारा स्विडेनमा बसोबास गर्दै आएका ‘पूर्ण प्रसाद शर्मा’ विजेता घोषणा भएका थिए । शर्माले रेमिट्लीबाट इसेवामनी ट्रान्सफर मार्फत नेपालमा पैसा सिधै बैंक डिपोजिट गरेका थिए । शर्म स्विडेन मै रहेकाले उनको उपहार उनका प्रतिनिधीले लिएका थिए ।

विजेताका प्रतिनिधिलाई साँचो हस्तान्तरण इसेवामनी ट्रान्सफरका प्रबन्धनिर्देशकअजेस कोइरालाले गरेका थिए ।

असोज २ गतेबाट सुरु भएर मंसिर २ मा समापनभएको ‘चाडपर्वको बहार दिनदिनै उपहार’ योजनामा, बम्पर उपहार ‘होन्डा डिओ स्कुटी“ का अलावा मासिक विजेतालाई ४३ इन्चको टेलिभिजन, साप्ताहिक विजेतालाई रेफ्रिजरेटर र दैनिक विजेतालाई मिक्सरग्राइण्डर प्रदान गरिएको थियो ।

Share News