काठमाडौं । साधना लघुवित्त वित्तिय संस्थाले प्रदेश नं १ र २ मा रहेका शाखा कार्यालयका सहायक कर्मचारीहरुलाई व्यापार प्रवर्धन तथा क्षमता निर्माण तालिम दिएकाे छ । संस्थाले दुई चरण गरी कर्मचारीहरुलाई तालिम दिएकाे हाे ।
प्रथम चरण अन्तर्गत बारा, पर्सा, रौतहट र सर्लाही जिल्लामा अवस्थित शाखा कार्यालयको कर्मचारीहरुलाई र दोस्रो चरण अन्तर्गत महोतरी, धनुषा,सिराहा, सप्तरी र सुनसरी जिल्लामा अवस्थित शाखा कार्यालयहरुमा कार्यरत फिल्ड कर्मचारी र शाखा प्रमुखहरुलाई तालिम दिएकाे थियो ।
तालिम कार्यक्रममा कर्मचारीहरुको क्षमता अभिवृद्धि, फिल्डमा हाल देखिएका समस्या तथा सामाधानको उपायहरु, व्यवशाय प्रवद्र्धन गर्ने तरिकाहरुको साथै लेखासंग सम्बन्धित अन्य बिषयहरुमा संस्थाको केन्द्रीय कार्यालयबाट नायब महाप्रबन्धक सिताराम पंडित, सहायक महाप्रबन्धक सरिता ढकाल र लेखा तथा योजना विभागका विभागीय प्रमुख रुपेश झाले उल्लेखित विषयहरुमा सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।
संस्थाले हाल सम्ममा हिमाल, पहाड र तराईका गरी ९३ वटा शाखा कार्यालयहरु मार्फत संस्थाको पहुच ३१ वटा जिल्लाका ८६ हजार भन्दा बढी विपन्न परिवारमा पुगेको छ र हालसम्म संस्थाको लगानीमा रहेको कर्जा ४ अर्ब ४० करोड र १ अर्बभन्दा बढी बचत सदस्यहरुबाट संकलन गर्न सफल भएको छ ।